ghar sansar

ट्राफिक कार्यालयका नयाँ इन्चार्जले यसरी गर्दै छन् कञ्चनपुरमा ट्राफिक व्यवस्थापन, भन्छन्– अवारनेश र रिएक्टिभ कार्यमा ध्यान दिन्छु

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका नयाँ इन्चार्ज प्रहरी निरीक्षक नरेश विकले ट्राफिक व्यवस्थापन र सवारी दुर्घट्ना न्यूनीकरणलाई प्राथमिकता दिने बताएका छन् ।

ट्राफिक प्रहरी कार्यालयमा आइतबार पत्रकारहरुसित परिचयात्मक कार्यक्रम गर्दै उनले ट्राफिक व्यवस्थापनका लागि सचेतना फैलाउने र ट्राफिक सम्बन्धि विद्यमान कानुन कार्यान्वयनका लागि सक्रिय रुपमा लाग्ने बताएका हुन् ।

,orning glory badhai

‘ट्राफिक व्यवस्थापन र सवारी दुर्घट्ना न्यूनीकरणलाई प्राथमिकता दिएर अघि बढ्छु, अहिले म ट्राफिक व्यवस्थापनको अवस्थाबारे जानकारी लिँदैछु’ उनले भने,‘ विशेषतः म दुई काम गर्ने सोचमा छ, त्यसमा अवारनेश र रिएक्टिभ कार्यलाई अघि राखेको छु ।’

ट्राफिक इन्चार्ज विकले जनचेतना मुलक कार्यक्रम अन्र्तगत शिक्षण संस्था र यातायातसंग सम्बन्धित क्षेत्रमा ट्राफिक सम्बन्धि नीति नियम सम्बन्धि सचेतना फैलाउने तथा सवारी साधनको चेकिङ्गदेखि मेकानिकल जाँच, पार्किङ्ग व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन लगायतका कार्यलाई प्रतिक्रियात्मक अर्थात रिएक्टिभ रुपमा गरिने जानकारी दिए ।

dirghayi clinic

ट्राफिक व्यवस्थापनमा छाडा पशु चौपाया समस्यालाई सम्बन्धित स्थानीय तहसित समन्वय र सहकार्य गरी समाधान गर्न पहल गरिने इन्चार्ज विकले बताए ।

‘छाडा चौपाया समस्या धेरै रहेछ, सडकमा बसेका छन्, अस्तव्यस्त छ, यसका लागि स्थानीय तहसित समन्वय र सहकार्य गरी हल गर्न पहल गर्छु’ उनले भने ।

बाँके जिल्ला प्रहरी कार्यालयबाट सरुवा भएर इन्चार्ज विकले कार्यालयमा हाजिर भएपछि ट्राफिक व्यवस्थापनको अवस्थाबारे जानकारी लिन थालेका छन् । उनले दोधारा चाँदनी नगरपालिका पुगेर जानकारी लिइ सकेका छन् । अन्य स्थानीय तहमा पुगेर जानकारी लिने उनले बताए ।

दोधारा चाँदनीमा सवारी साधनको चाप न्यून भएको र भारतीय नम्बर प्लेटका सवारीको समस्या देखिएको उनले बताए ।

कञ्चनपुर जिल्लाभर ५४ जना ट्राफिक प्रहरी छन् । त्यसमध्ये २५ जना ट्राफिक प्रहरी महेन्द्रनगरस्थित कार्यालयमा कार्यरत छन् ।

Himal dental
सम्बन्धित
Loading...