

महेन्द्रनगर । प्रधानमन्त्री बालेन्द्र शाह दुई ददिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा ३५ जना सहभागी छन्। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन् ।

त्यस्तै, प्रधानमन्त्रीका स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य पनि भ्रमण टोलीमा छन् ।

टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चार माध्यमका तीन जना प्रतिनिधि पनि छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
साभार : सेतोपाटी
