

महेन्द्रनगर । पुनर्वास नगरपालिका–३ स्थित बीएन पोलिक्लिनिक सञ्चालक सागर केसी सहित सात जना पक्राउ परेका छन् । पोलिक्लिनिमा जुवातास खेलि रहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोलिक्लिनिकका सञ्चालक बर्दियाको बारबर्दिया नगरपालिका–२ का ३२ वर्षीय केसी सहित ७ जना छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीले बुधबार पोलिक्लिनिकमा छापा नगद ८५ हजार ८ सय ३५ रूपैयाँ, ४ बुक तास बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

