ghar sansar

कञ्चनपुरमा डेंगुसंगै भाइरल ज्वरोका विरामी पनि बढे

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पालमा केही दिनदेखि ज्वरोका विरामी बढेका छन् । मनसुन सकिएपछि एकाएक गर्मी बढेसंगै अस्पतालमा ज्वरोका विरामी बढेका हुन् ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा दैनिक ६÷७ जना भाइरल ज्वरोका विरामी आउने गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

‘केही दिनदेखि ज्वरोका विरामी बढेका छन्, यी सबैमा भाइरल ज्वरो देखिएको छ’ उनले भने,‘गर्मी बढेपछि विरामी बढेका छन् ।’

अस्पतालका सुपरिटेन्डेन्ट भट्टले एकाएक बढेको गर्मीले ज्वरोका विरामी बढेको बताए ।

भाइरल ज्वरोसंगै डेंगुका विरामी पनि आउने क्रम दैनिक रुपमा बढेको मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए । ‘डेंगु पनि ज्वरो नै हो, यसका पनि विरामी दैनिक रुपमा आउने गरेका छन्, भाइरल ज्वरो र डेंगु दुबैका विरामी अहिले दैनिक रुपमा बढि रहेका छन् ।’

अस्पतालले डेंगु नियन्त्रणका लागि निजी अस्पतालसित सहकार्य गरी डेंगु नियन्त्रणको पहल गरेको छ । डेंगु नियन्त्रणका लागि पानी जमेका खाल्डाखुल्डी सफा गर्ने, औषधि छर्किने लगायतका कार्यक्रम गरिने डा. भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...