ghar sansar

शोकको दिन नै मिल्यो साहित्यकारहरुलाई पनि खुसीयाली मनाउने मौका, गजल मुक्तक वाचनदेखि सम्मान सम्मका कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा १५८ औं मोती जयन्ती समारोहको अवसरमा गजल मुक्तक कार्यक्रम सम्पन्न भएको छ । फाउन्डेसनको आयोजनामा तथा गुगुल्डी वाङ्मय प्रतिष्ठानको सहकार्यमा र रेडियो शुक्लाफाँटाको विशेष सहयोगमा गजल÷मुक्तक वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा विगत लामो समयदेखि नेपाली तथा डोटेली भाषा साहित्य एवम कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको र विषेशगरी गजल साहित्यको श्रीवृद्धिमा विशेष योगदान पुर्याएको भन्दै २ जना साहित्यकारलाई सम्मान पनि गरिएको थियो ।

,orning glory badhai

सम्मानित हुनेमा साहित्यकार गंगा प्रशाद रिजाल र धर्मानन्द भट्टलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको गुगुल्डी वाङ्मय प्रतिष्ठानका सचिव जगदीश ओझाले जानकारी दिएका छन् ।

कार्यक्रमको प्रमुख अतिथीमा उपप्रध्यापक बाल जगृती साहित्यकार पञ्चमराज भट्ट विशिष्ट अतिथिमा साहित्यकार कल्पना ओझा, चन्द्रकला पन्त, डम्वर शर्मा, आचार्य घनश्याम लेखक, सुरेन्द्र ओझा रहेका थिए भने, कार्यक्रम सञ्चालनमा गुगुल्डी वाङ्मय प्रतिष्ठानका केन्द्रिय सदस्य कविराज भट्टले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...