ghar sansar

ब्रह्मदेबलाई धार्मिक नाका बनाउन पहल, दवावका लागि महताको नेतृत्वमा समिति गठन

little buddha academy
khasi

महेन्द्रनगर । उद्यमी व्यवसायीले ब्रह्मदेबलाई धार्मिक नाका बनाउन नेपाल र भारत दुबै देशसित पहल गर्ने भएका छन् । ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिको धर्मशालामा आइतबार उद्यमी व्यवसायीले छलफल गरी दुबै देशसित पहल गर्ने निर्णय गरिएको हो ।

छलफलबाट धार्मिक नाकाका लागि पहल गर्न सिद्धनाथ मन्दिर विकास समितिका अध्यक्ष नारायण सिह महताको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा मन्दिर विकास समिति र ब्रह्मदेब बजार व्यवस्थापन समितिका प्रतिनिधि सदस्य छन् ।

,orning glory badhai

समितिले भीमदत्त नगरपालिका वडा नं. ९, नगरपालिका कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ तथा निर्वाचन क्षेत्र नं. ३(क) का प्रदेश सभा सदस्यलाई धार्मिक नाका घोषणाका लागि दबाव दिने छलफलमा सहभागीहरुले बताए ।

उनीहरुका अनुसार समितिको पहलपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सभा सदस्य सहित भारतीय सीमावर्ती सहरका उद्यमी व्यवसायीसित पनि धार्मिक नाका घोषणाका लागि छलफल गरी साथ खोजिने छ ।

dirghayi clinic

कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व कार्य समिति सदस्य राजेन्द्र प्रसाद पनेरुले ब्रह्मदेब धार्मिक नाका घोषणा भए धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

‘अहिले यो नाकाबाट पर्यटकलाई आउन धेरै समस्या छ, एसएसबीको चेकिङ्ग आतंक जस्तै छ, आउनजान निकै समस्या छ’ उनले भने,‘यस्तो अवस्थामा धार्मिक नाका भए आवतजावत सुधार हुन्छ, पर्यटकहरु निर्धक्क आउँछन् ।’

ब्रह्मदेबमा पूर्णागिरी मेलाका तीन महिनामा नेपाल भारत दुबै देशमा लाखौ पर्यटन आउने गरेका छन् । भारतको पूर्णागिरी माताको दर्शनार्थी वर्षौदेखि ब्रह्मदेब आउने गरेका छन् ।

पूर्णागिरी मेला बाहेक वर्षभरि नै पर्यटक आउने गरेको बाणिज्य संघका पूर्व सदस्य पनेरुले बताए । कार्यक्रममा संघका अध्यक्ष जोशीले ब्रह्मदेब बजार क्षेत्रमा एईडि लाईट हस्तारण गरे । 

ब्रह्मदेब बजारका उद्यमी, व्यवसायी सहित सरोकारवा सहभागी कार्यक्रममा कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी लगायत कार्यक्रममा संघका महासचिव खगेश्वर प्रसाद बोहरा, कार्य समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश महासंघका सल्लाहकार कृष्ण प्रसाद पाठक, कार्यसमिति सदस्य गोपाल सिंह वुडापल, संघका पूर्व वाणिज्य उपाध्यक्ष माधव प्रसाद जोशी, कार्यकारी अधिकृत हेमराज भट्ट भट्ट लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...