ghar sansar

‘माओवादी ब्रोइलर कुखुरा जस्तै भयो’

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टले माओवादी ब्रोइलर कुखुरा जस्तै बनेको बताएका छन् । आफ्नो धरातल बिर्सेपछि माओवादीलाई जनताले ठेगान लगाएको बताउँदै उनले समस्या र निकास पनि हाम्रै हातमा रहेको बताए ।

माओवादीको ३ महिने ‘जनता सँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत बिहीबार कैलालीको कैलारी गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका उनले भने– ‘समस्या र समाधान हाम्रै हातमा छ । हामी बोइलर कुखुरा जस्तै भयौ । लोकल कुखुरा जस्तै रहेको हामी अब बोइलर कुखुरा जस्तै अल्छी भयौ । जनताको ज्यूँदाको जन्ती, मर्दाको मलामी बन्न छोड्यौ । त्यति भएर हामी पतनको बाटोमा छौ ।’

,orning glory badhai
dirghayi clinic

उत्पीडित वर्ग, किसान, दलित, मजदुरको पक्षमा लड्नलाई माओवादीको जन्म भएको उल्लेख गर्दै उनले त्यसका लागि मृत्युलाई काखी च्यापेर पार्टी आएको बताए । जनतामा हुँदा माओवादी सशक्त रहेको बताउँदै भट्टले जनताको साथ छोडेर कुलीन वर्गको साथ लागेपछि बिग्रेको स्पष्ट पारे ।

उनले भने, ‘जनतामाफ हुँदा ठीक थियौ । तर जब हामी दलाल, ठेकेदार, कुलिन वर्गको पछाडि लाग्यौ । गाउँ छोड्यौ । त्यसपछि हामी बिग्रियौ । हामी जनतालाई छोडेर सुब्बा, खरिदार लेवलका जस्तै भयौ । परजीवी भयौ । पुरानै अवस्थामा फर्किन आत्मालोचना गरेर जनतामा जानुको विकल्प छैन ।’

भेलामा माओवादीका केन्द्रीय सदस्य तथा अभियान जिल्ला इन्चार्ज टेकेन्द्र भट्टले जनताको सल्लाह सुझाव, आलोचनाबाट मात्रै पार्टीलाई रुपमान्तरण गर्न सकिने बताए । माओवादीकै एजेण्डामा मुलुक अगाडि बढेको बताउँदै उनले प्राप्त उपलब्धिबारे जनतालाई बुझाउन नसक्दा पार्टी कमजोर भएको तर सोही एजेण्डालाई भजाएर केही दलले माओवादीलाई उछिनेको उनको भनाइ थियो ।

भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, प्रदेश कमिटी सदस्य सुरेन्द्र चौधरी, लक्ष्मण चौधरीलगायतको उपस्थिति रहेको थियो ।

Himal dental
सम्बन्धित
Loading...