ghar sansar

सूर्याेदय बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः खरेल

little buddha academy
khasi

महेन्द्रनगर । सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि. कञ्चनपुरको अध्यक्षमा पुनः ईश्वरी प्रसाद खरेल चयन भएका छन् । सहकारीको शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट खरेलको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्ष गङ्गा दत्त जोशी, उपाध्यक्ष (महिला) रन्जु पोखरेल थापा, सचिव ध्रुब पण्डित, सह सचिव उमेश प्रसाद पाण्डेय र कोषाध्यक्ष बिष्णु प्रसाद खरेल चयन भएका छन् । शंकर जोशी र दीर्घ राज भट्ट समिति सदस्य चयन गरिएका छन् ।

,orning glory badhai

यसैगरी सहकारीको सुरेन्द्र केसीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ । समितिमा नरेन्द्र सिह कार्की र सन्तोस नेपाली सदस्य छन् ।

dirghayi clinic

सहकारीका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले साधारण सभा उद्घाटन गरेका थिए । उनले आफ्नो पाँच वर्षे कार्यकालभित्र सहकारीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष सुरेन्द्र विष्ट, कृष्णपुर नगरपालिकाका निवर्तमान मेयर कर्ण बहादुर हमाल, भीमदत्त नगर स्तरीय सहकारी सञ्जालका सचिव मोहन बहादुर चन्द, भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख बिमला भाट, कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्ट लगायतका सहभागी भएका छन् ।

१५ वर्ष अघि ३० शेयर सदस्यबाट सुरु गरिएको सुर्योदयमा हाल ४ हजार ७ सय ८३ शेयर सदस्य पुगेका छन् । शेयर सदस्य थपिएपछि सहकारीको शेयर पूँजी बढेर ३ करोड ६८ लाख ४७ हजार पुगेको छ । यो गत आर्थिक वर्षको असार मसान्तको पूँजी हो । अघिल्लो आर्थिक वर्षसम्म २ करोड ५५ लाख शेयर पूँजी थियो ।

सहकारीले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ करोड ८६ लाख ऋण लगानी र २० करोड ६३ लाख १३ हजार निक्षेप संकलन गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...