

महेन्द्रनगर । प्रेस काउन्सिल नेपालले पत्रकार माधव सिह धामीलाई प्रेस काउन्सिल आचार सँहिता पुरस्कार प्रदान गरेको छ । काउन्सिलको ५४ औँ वार्षिकोत्सवमा धामीलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले धामीलाई पुरस्कार प्रदान गरे ।

तीन दशकदेखि पत्रकारितामा सक्रिय धामी आजनको नयाँ विकल्प दैनिकका प्रधान सम्पादक र नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष हुन् ।

यसैगरी कञ्चनपुरका श्यामदत्त भट्टलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

