ghar sansar

होली फेम्ली इङ्गलिश मिडियम स्कुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेम्ली इङ्गलिश मिडियम स्कुलका कक्षा ११ का विद्यार्थीलाई शनिबार स्वागत गरिएको छ । विद्यालयमा कार्यक्रम गरी  कक्षा ११ का विद्यार्थीलाई  स्वागत गरिएको छ ।

विद्यालयको कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । कक्षा १२ का विद्यार्थी जगदीश नाथको अध्यक्षतामा गरिएको कार्यक्रममा होली फेम्ली स्कुलका चेयरमेन भुपाल सिंह बिष्ट प्रमुख अतिथि थिए ।

,orning glory badhai

कार्यक्रममा विद्यालयका संस्थापकहरु मोहन सिंह बिष्ट, देबकी देबी बिष्ट, आरतीदेबी विष्ट, हरि दत्त भट्ट, असिस्टेन्ट मेनेजर महादेव प्रसाद भट्ट, प्रिन्सिपल खडक सिंह बिष्ट, शिक्षक एन.डी.भट्ट, ब्रह्मदेब चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल कृष्ण राज भट्ट, होली टेम्पलका प्रिन्सिपल राजेन्द्र सिंह बिष्ट, अमरावती एकेडेमीका प्रिन्सिपल महादेव बिष्ट र ज्ञानोदय पब्लिक एकेडेमीका प्रिन्सिपल गौरी दत्त भट्ट विशिष्ठ अतिथि थिए ।

dirghayi clinic

कार्यक्रमका प्रमुख अतिथि विष्ट सहित असिस्टेन्ट मेनेजर भट्ट, प्रिन्सिपल बिष्ट, शिक्षक एन.डी.भट्ट, हरिश ठगुन्ना र विवेक ठगुन्नाले शुभ कामना मन्तव्य राखे ।

कक्षा ११ का विद्यार्थी युवराज जोशी र सुभम जोशीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य ,गायन, वक्तव्य सहित विभिन्न साङ्गतिक प्रस्तुति देखाएका छन् ।

   

Himal dental
सम्बन्धित
Loading...