ghar sansar

मानव बेचबखिन र बाल श्रम सम्बन्धि सुरक्षाकर्मीलाई अभिमुखीकरण

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा सुरक्षाकर्मीलाई अवरोध, परामर्श र सम्प्रेषण सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । युनिसेफको आर्थिक सहयोग र एटविन संगको सहकार्यमा आफन्त नेपालद्धारा सञ्चालित ‘बालश्रम शोषण रोकथामः स्थानगमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण’ पारियोजना अन्तरगत अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

dirghayi clinic

सीमा नाकामा कार्यरत सुरक्षाकर्मीहरू (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समुदाय प्रहरी, नेपाली सेना) लाई मानव बेचबिखन, बालश्रम शोषण र स्थानागमन सम्बन्धमा हुने अवरोध, परामर्श र सम्प्रेषण सम्बन्धी वर्तमान अवस्था तथा प्रभावकारी रुपमा अवरोध, परामर्श तथा सम्प्रेषण कसरी गर्न सकिन्छ भन्ने विषयमा सुरक्षाकर्मीलाई थप स्पष्ट बनाउने र पीडित तथा प्रभावितलाई ‘प्रभावितमुखी अवधारणा’ अनुरुप सेवा प्रदान गर्न तीनै तहमा सम्बन्धित संयन्त्रहरूको व्यवस्था तथा प्रभावकारी सम्प्रेषण कसरी गर्न सकिन्छ भन्ने बिषयमा सिमामा कार्यरत सुरक्षाकर्मीहरूको क्षमता अभिवृद्धी गर्ने उद्धेश्यले अभिमुखिकरण आयोजना गरिएको आफन्त नेपाल का कार्यक्रम अधिकृत बिर बहादुर नेपाली ले बताए ।

,orning glory badhai

आफन्त नेपालको कार्यक्रम अधिकृत बिर बहादुर नेपाली ले सहजीकरण गरेको अभिमुखिकरण कार्यक्रममा मानव बेचबिखन, बालश्रम शोषण र स्थानगमनको अवधारणागत स्पष्टता बारेमा एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङ्ग, मनोसामाजिक परामर्श तथा मानव बेचबिखन पिडित तथा प्रभावितहरुलाई पहिचान र परामर्श कसरी गर्ने र यसका चरणहरु बारे मनोबिमर्शकर्ता साबित्री थापा र अवरोध, उद्धार, घरफिर्ती, परामर्श, पारिवारिक पुनर्मिलन र सम्प्रेषण सम्बन्धी अवस्था र यस सम्बन्धी समस्या तथा चुनौतीहरु तथा तीनै तहमा मानव बेचबिखन विरुद्धका विभिन्न संयन्त्रहरुको विद्यमान व्यवस्था तथा प्रभावकारी सम्प्रेषण सम्वन्धी आफन्त नेपालका क्षेत्रीय संयोजक केशर बिश्वकर्माले सहजी करण गरेका थिए ।

कार्यक्रममा कैलाली र कञ्चनपुरको भारतिय सिमानाकामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी र नेपाली सेनाका जुनियर अधिकृत तथा जवानहरु गरी २५ जना सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...