ghar sansar

राजनीतिप्रति निराशा बढ्यो, दलहरुले जनतालाई विश्वास दिलाउनु पर्छ : पूर्व प्रधानमन्त्री नेपाल

little buddha academy
khasi

महेन्द्रनगर । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले दलहरुले राजनीतिप्रति बढेको निराशा हटाउन जनतालाई विश्वास दिलाउनु पर्ने बताएका छन् । उनले राजनीतिप्रति निराशा देखिएकाले दलहरुले विश्वासमा लिनु पर्ने बताएका हुन् ।

‘पछिल्लो समय दलहरुप्रति निराशा जागेको छ, त्यसका लागि पार्टीलाई जनतासंग जोड्न पूर्व मेची पश्चिमसम्म जागरण अभियान थालिएको हो’ एकीकृत समाजवादीको जागरण अभियान अन्र्तगत शनिबार स्मारक क्षेत्रमा गरिएको सभामा उनले भने,‘अभियानका क्रममा जनताका प्रत्यक्ष पीरमार्का बुझ्m्दै पार्टीलाई जनतासंग जोड्ने काम गरियो ।’
पूर्व प्रधानमन्त्री नेपालले आफ्नो भाषणमा कृषि क्षेत्रको विकासलाई जोड दिएका छन् । उनले कृषि क्षेत्रको विकास गरी देशको अर्थतन्त्र सुधार गर्न सकिने बताए ।

,orning glory badhai
dirghayi clinic

‘अर्थतन्त्र सुधार नहुँदा मुलुकमा रोजगारी नभएको र युवा जनशक्ति विदेशीनुपर्ने, त्यहाँबाट लाश मात्रै नेपाल आउन लागेको अवस्था छ’ उनले भने,‘मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले भ्रष्टाचार उन्मुलन, सुशासन सार्वजनिक सेवा प्रवाहमा दुतताका साथै कृषि क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई समाजवाद उन्मुख बनाउन सबै कम्युनिष्ट एकजुट भएको दावी गरे ।

शनिबार विहान पुनर्वास हुँदै प्याराताल सीमा, पुर्नबास, बेलौरी, आरक्षपीडित बस्ती ढक्का शिबिर, कलुवापुर, झलारी, दैजी भएर अभियान महेन्द्रनगर पुगेको हो । समाजवादीका जिल्ला अध्यक्ष जीवन थापाको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...