

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १ का वडा अध्यक्षले आशेफ कुँबर भुन्टुले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई आफ्नो सेवा सुविधा वितरण गरेका छन् । दशैं तिहारको अवसर पारी बिहीबार कुँबरले वडाका एक सय ६१ जनालाई सेवा सुविधा बाँडेका हुन् । त्यसमा १सय ४१ ज्येष्ठ नागरिक र २० जना पूर्ण अपाङ्गता भएका व्यक्ति छन् ।
दशैं तिहारको समयमा आफ्नो तलब भत्ता बाड्नुको अर्थ राख्दै वडाध्यक्ष कुवँरले भने, ‘मेरा वडाबासी आमा–बुबा तथा शारीरिक रुपले असंक्तहरुलाई यो दशैं, तिहार एवं छठ पर्वका बेला अलिकति भएपनि खुसी दिलाउन सके भने, त्यो नै मरो लागि अमूल्य आर्शिवाद र धर्म हुन्छ ।’


वडाध्यक्ष कुवँरले भने,‘०७४ मा पहिलो पटक वडाध्यक्षमा निर्वाचित भए देखि नै मैले प्रत्येक वर्ष तलब भत्ता यसै समयमा बृद्ध आमा बुबाहरुलाई केहि भएपनि राहत पुगोस र चाँडवाड मनाउँन सहज होस भन्ने हिसाबले वितरण गर्दै आएको छु ।’
भत्ता रकम बुँझ्ने क्षणमा निकै हर्ष र आर्शिवाद पुर्ण भावमा रहेका १०० वर्षका वयोवृद्ध गम्भीर सिंह चैसिर– यस्तो (भुन्टु जस्तो) वडाध्यक्ष पाउँनु आफुहरुको अहोःभाग्य भएको बताउछन् । ‘यस्ता वडाध्यक्ष पाउँनु हाम्रो अहोः भाग्य हो । प्रत्येक वर्ष चाँडवाडका बेला भत्ता दिन्छन्, दुःख बिमारमा घरसम्मै समेत पुग्छन् । यिनी त मन्त्री हुनु पर्ने व्यक्ति हुन, बाबु !’
भत्ता रकम पाउँने सबैले हर्ष व्यक्त गर्दै वडाध्यक्ष कुवँरलाई आर्शिवाद दिएका छन् । ७० वर्ष माथिका र पुर्ण अपांगता भएकाहरुले भत्ता स्वरुप एक हजार पाँच सय रुपैँया बुझेका छन् ।
बिहिबारको कार्यक्रममा उपस्थित हुन नसकेकाहरुको घरमै गएर वडाध्यक्ष कुवँरले उक्त रकम वितरण गर्ने बताए । कुँबर दोस्रो कार्यकाल वडा अध्यक्ष छन् ।

