

महेन्द्रनगर । नेपाली काँग्रेस केन्द्रीय महासमिति सदस्यमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट ११ सदस्य चयन भएका छन् । काँग्रेस पार्टी कार्यालयका मंगलबार विहानदेखि सुरु छलफलबाट उनीहरु सर्वसम्मत चयन भएका हुन् ।

काँग्रेस कञ्चनपुरका सह सचिव नाफू सिह साउँदका अनुसार तारिणी दत्त चटौत, दिवाकर पाण्डेय, शंकर बहादुर चन्द, खगेश्वर बोहरा, गोपाल दत्त भट्ट, बेल बहादुर राना, बिर बहादुर सुनार, जङ्ग बहादुर चन्द, मधु भारती, रमिता देउवा र निलम लेखक जोशी चयन भएका छन् ।

काँग्रेस विधानमा केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने व्यवस्था अनुसार रमेश लेखक र यज्ञराज जोशी निर्वाचन क्षेत्र नं. ३ बाट महासमिति सदस्य भएका छन् ।

