ghar sansar

उद्योग बाणिज्य संघमा परराष्ट्र मन्त्री साउँदलाई सम्मान

little buddha academy
khasi

महेन्द्रनगर । गृह जिल्ला आएका परराष्ट्र मन्त्री एनपी साउँदलाई कञ्चनपुर उद्योग बाणिज्य संघमा स्वागत तथा सम्मान गरिएको छ । बाणिज्य संघले मन्त्री स्वागतको स्वागतमा कार्यक्रम गरी सम्मान गरेको छ ।

संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा मन्त्री साउँद प्रमुख अतिथि थिए । उनलाई संघका अध्यक्ष जोशीले सम्मान गरे ।

,orning glory badhai

dirghayi clinic

कार्यक्रममा संघका अध्यक्ष जोशीले मन्त्री साउँदलाई सीमा क्षेत्रका समस्या, भंसारका समस्या, पर्यटन क्षेत्रका समस्या, आयात निर्यातका क्रममा हुने समस्या, ब्रह्मदेब नाकालाई धार्मिक नाकाका रुपमा सञ्ंचालन गर्नु पर्ने, वेलौरीमा भंसार स्थापना गर्नु पर्ने, इजराईलमा हराईरहेका विपिन जोशीको यथाशिघ्र खोजी गरि स्वदेश फिर्ता गर्नु पर्ने लगायतका मागहरु समेटिएको ज्ञापन पत्र बुझाएको संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए ।

कार्यक्रममा मन्त्री साउँदले ज्ञापनमा समावेश गरिएका माग पूरा गर्न आवश्यक पहल गर्ने बताए । कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष, विभिन्न वस्तुगत संघका अध्यक्ष लगायतका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...