ghar sansar

स्ट्रिप नक्साका कारण सीमामा विवाद छ, छिट्टै समाधान हुन्छ : मन्त्री साउँद

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । परराष्ट्र मन्त्री नारायण प्रकाश साउँदले नेपाल–भारतबीच देखिएको सीमाका समस्या कुटनीतिक पहलबाट समाधान गर्ने गरी कार्यहरु अघि बढेको बताएका छन् ।

आइतबार बिहान कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री साउँदले हाल स्ट्रिप नक्साका कारण भारतसंग जोडिएका सीमामा कही विवाद हुने गरेको भए पनि यसबारे कुटनीतिक तवरले समस्या समाधान तर्फ नेपाल सरकार लागि परेको बताएका हुन् ।

,orning glory badhai

कलापानी, लिम्पियिाधुरा र सुस्ता बाहेकका क्षेत्रमा सीमा विवाद सुल्झदै आएको र केही वर्षमा नेपाल भारतका सीमा विवाद अन्त्य गरि नोपाल भारतसंगको सामाजिक धार्मिक सम्वन्ध अटुट राख्ने गरि प्राविधिक कार्य अघि बढेको मन्त्री साउदले उल्लेख गरे ।

dirghayi clinic

मन्त्रीसाउँदले दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभई मुलुकको ठूलो आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको उल्लेख गर्दै दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्ेको र महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको र भारतीय पक्षले पनि सोही अनुसार भारतले समेत पनि काम अघि बढाएको बताए ।

दोधारा चादँनी नाका तीव्र गतिमा खुल्ने सन्र्दभमा अघि बढेको बताउँदै उनले बनबासा पुलमा आवागमन सहज बनाउने देखि विदेशी पर्यटकहरुलाई नाकामा आउन जान सहज गर्ने विषयमा पहल गर्ने बताए ।

उनले भारतको पुर्णागिरी र डडेल्धुराको परशुराम धाम क्षेत्र जोड्न महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय पक्षसित निरन्तर समन्वय भइरहेको बताए ।

कार्यक्रममा कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्वर जोशी , पुर्व पदाधीकारी, व्यापारी तथा व्यवसायीहरुले सीमा समस्या, यहाँको पर्यटकीय तथा उद्योगिक क्षेत्रको विकास, व्यापारी तथा व्यसायीका पिर मर्का लगायतका विषयमा धारणा राखेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...