ghar sansar

भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको भन्दै राप्रपाका तीन कार्यकर्ता पक्राउ, अन्यलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन

little buddha academy
khasi

महेन्द्रनगर । भीम वाटिकामा भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न तीन जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् । उनले संलग्न अन्यलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको पनि बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको कार्यकक्षमा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देबकोटा सहित भीम वाटिका संरक्षण समिति र भीमदत्त पन्त स्मृति प्रतिष्ठानका प्रतिनिधिसित छलफलमा प्रहरी उपरीक्षक थापाले पक्राउ गरिएको जानकारी दिएका हुन् ।

,orning glory badhai
dirghayi clinic

उनले पार्कभित्र प्रवेश प्रवेश गरी तोडफोडमा प्रहरीबाट कमजोरी भएको स्वीकार गर्दै प्रहरीलाई स्पष्टीकरण सोधेर कारवाहीको दायरामा ल्याउने बताए । 

भीम वाटिका संरक्षण समितिका अध्यक्ष प्रशान्त भट्टले छलफलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक दुबैले तोडफोडमा संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको बताए ।

प्रहरीले नरेश कार्कीलाई पार्क मोडबाट पक्राउ गरेको थियो । राप्रपाको राजसंस्था पुनःस्थापनाका लागि गरेको प्रदर्शनमा क्रममा पन्तको शालिक तोडफोड गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...