ghar sansar

बैतडीमा समाजवादीलाई ठूलो धक्का, जिल्ला अध्यक्ष सहितका नेताहरु फर्किए एमाले

पाटन नगरपालिका उप मेयर पनि एमाले प्रवेश

khasi

महेन्द्रनगर । बैतडीमा सत्तारुढ नेकपा एकीकुृत समाजवादीका नेताहरु एमालेमै फर्किएका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज समेत रहेका नरेन्द्र विष्टसहितका नेताहरु एमालेमा फर्किएका हुन्। उनी पहिला एमालेकै नेता थिए विभाजनका बेला भने समाजवादीतिर गएका थिए ।

dirghayi clinic

‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत बैतडीको गोठलापानीमा भएको जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले विष्टसहित समाजवादी बैतडीका अध्यक्ष महादेव भट्ट, नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पाटन नगरपालिकाका पूर्व उप–मेयर सरस्वती कोली, रमेश कोली लगायत नेताहरुलाई पार्टीमा स्वागत गरे ।

बिहीबार बैतडीबाट एमालेले ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को शुरुवात गरेको छ । एमालेले झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि गोठलापानीमा जनसभा गरेको थियो। भोलि डडेल्धुरामा जनसभा छ।

Himal dental
सम्बन्धित
Loading...