ghar sansar

सभ्यताको पहिचान

little buddha academy
khasi

भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारका गल्ली पछाडिको निर्माणाधिन ढलसित जोडिएका सेप्टी ट्यांकीका पाइप काटन थालेको छ । एसियाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारमा निर्माणाधिन ढलमा केही व्यक्तिहरुले पाइप जोडेर सेप्टी ट्याङकीको पानी ढलमा मिसाउने गरेकाले नगर पालिकाले यस्ता पाइप काटने काम गरि राखेको छ । ढलमा पाइप जोडिएको तस्बिरहरु सामाजिक सञ्वजालमा राखेर मेयर पदम बोगटीको चर्को आलोचना भए पछि यसरी पाइप काटन थालिएको छ । नगरपालिकाले पटक–पटक उक्त कार्य नगर्न सूचना प्रकाशन र माइकिङ गर्दागर्दै पनि केही व्यक्तिहरुले नटेरेको पाइन्छ ।

dirghayi clinic

जनप्रतिनिधि भए पनि जनचाहाना अनुरुप चल्ने र नटेर्नेलाई कावाही गर्ने अधिकार पनि देएको छ । आप्mना नागरिकलाई टेर्ने बनायन सोही अनुसारको काम पनि गरेको हुनु जरुरी छ । स्थानीय तहको चुनाव सम्पन्न भएको लामो समय बितिसकेको छ । जनप्रतिनिधि आएको लामो समय बित्दा पनि केही काम हुन सकेको छैन । पार्टी र संघसंस्थाको कार्यक्रममा गएर अतिथि बनिदिने हतारो मात्र देखिन्छ । निर्वाचित जनप्रतिनिधिहरुको चालढाल देखेरै नागरिकले पनि टेर्न छोडेको हुनु पर्छ । मापदण्डविपरीत बनेका पसल भत्काउन अदालतले आदेश दिदा पनि भत्काउन नसक्ने जनप्रतिनिधिलाई नगरिकले टेर्लान भन्न नि सकिदैन । सुन्दर र व्यवस्थित शहर बनाउने पालिका र सुन्दर र व्यवस्थित शहरमा वस्ने नगरिक तुलनात्मकरुपमा यस्तै उस्तै छन् ।

,orning glory badhai

सेप्टी ट्यांकीका पाइप नालीमा मिसाउने नगरवासीले आप्mनो सभ्यताको पहिचान आफैले दिएका छन् । सुन्दर र व्यवस्थित शहरमा भव्य महलमा बसेकाहरुलाई सेप्टी ट्यांकीका पाइप नालीमा मिसाउन लाज लाग्ने हो भने भव्य महलमा वेसेको पहिचान कसरी गर्न सकिन्छ । भव्य महलमा वस्नेहरु सभ्य हुन्छन् कसरी भन्न सकिन्छ । जनप्रतिनिधिहरुलाई भोटको लोभले पनि काम गर्न रोको हुन्छ भने कर्मचारी स्थायी सरकार हौ भनेर जनगुनासो प्रति वास्था नगरेकै कारण सिंहदरवारको सरकार घरदैलोमा भनिए पनि अब सिंहदरवारमा पनि सरकार नभएको आभास हुन थालेको छ । सुकुम्बासीहरुले सरकारी जग्गा कब्जा गरेर बसिरहेको बर्षै विति सकेको छ ।

सुकुम्बासीहरुको व्यवस्थापन गर्ने नाममा कार्यकर्ता पाल्न आयोग बन्छन् तर व्यवस्थापन कहिलै हुँदैन । सुकुम्बासीहरुको व्यवस्थापन नहुनुमा राजनीतिक दलकै ठूलो हात छ । देशभर जंगल र खोलानालाछेउ सुकुम्बासीले कब्जा गरेका छन् । फुटपाथमा व्यवसायीहरुले आप्mना सामग्री राखेर कब्जा गर्छन् । शहर सुन्दर बनाउन सकेमा उनै फुटपाथ कब्जा गर्ने व्यवसायी र भव्य महलका ती सभ्य नागरिकलाई नै फाइदा हुने, मान प्रतिष्ठा बढने थियो । पार्किङको व्यवस्था नहुदा सडको दुबै तिर सवारी साधन खचाखच भरिएका हुन्छन् । अनि कसरी गर्न सकिन्छ सुन्दर शहरको परिकल्पना । पार्किङको व्यवस्था गर्ने,फुटपाथमा सामान राख्नेलाई कारबाही गर्ने र जनप्रतिनिधिले जिम्मेवार भएर प्रस्तुत हुने हो र आ–आफ्नो ठाउबाट जिम्मेवार बन्ने हो भने मात्र व्यवस्थित र सुन्दर शहर बन्न सक्छ ।

Himal dental
सम्बन्धित
Loading...