

नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएको डेढ दशक पुग्न लागेको छ । जनताले चुनेको संविधानसभाले नया“ संविधान जारी गरी त्यस संवैधानिक व्यवस्था अनुसार मुलुक अघि बढिरहेको छ राजा हटेपछि राट्रपतिको चौथो कार्यकालमा प्रवेश गरेको छ ।केही दिनदेखि देशभर विभिन्न सहरमा राजतन्त्र पुर्नस्थापना र नेपाललाई हिन्दु राज्य बनाउनु पर्ने मागसहितको प्रदर्शन भइरहेका छन् । राष्ट्रिय शक्ति नेपाल अभियान लगायत विभिन्न नामका समूहको नेतृत्वमा ¥यालीसहित प्रदर्शन गरिएको छ । संघीय राजधानी काठमाडौंमा पनि यो समूहले विशाल प्रदर्शन गरेको छ ।
प्रमुख दलहरुबीचको सत्ता संघर्षका कारण राजनीतिक संकट बढ्दै गएका बेला राजा आउ देश बचाउ भन्नेहरुले मैका छोपेका छन् । सुरुमा वीर गोरखाली अभियानको नाममा केही संख्यामा देखिने राजावादीहरु अहिले जनआन्दोलनकै झल्को दिने गरि प्रदर्शनमा उत्रेका छन् । तर, गणतन्त्र पक्षधर दलहरुले यि घटनालाई सामान्य रुपमा लिए जस्तो गरेपनि भित्रिरुपमा उनीहरु शसंकित देखएका छन् । मुखले मरिसकेको राजतन्त्र ब्युतिदैन भनि रहने गणतन्त्रवादीहरुले व्यवहारमा गणतन्त्र नै उत्म व्यवस्था हो भनेर जनतामा आशा जगाउन सकेका छैनन् । अधिकांश विकास आयोजनाहरु कहिल्यै समयमा बन्न सक्दैनन् ।


गणतन्त्रवादी दलकै कार्यकर्ताले विकास आयोजनाहरुको ठेक्का पाउने भएकाले समयमा कुनै पनि विकास आयोजनाहरु सम्पन्न हुन नसकेका हुन । बेरोजगार युवाहरुका लागि स्वदेशमा कुनै राजगारीको सम्भावना नभए पछि विदेश पलायन भैराखेका छन् । बिरामी भरपर्दो उपचार हुन सक्दैन । शिक्षा, स्वास्थ्य र रोजगारीमा मात्रै होइन राजनीतिमा पनि बलिया र माफियाहरुकै बोलबाला चल्न थालेपछि सर्वसाधारण जनतामा निराशा बढ्दै गएको छ । यस्ता तमाम् कारणले जनता निराश बन्दै गरेकाले राजा चाहियो भन्नेहरुको पक्षको आन्दोलनमा हजारौंको सहभागिता बढ्न थालेको छ । संघीय राजधानी काठमाडौंमा धेरै मान्छेहरु सडकमा आएका छन् ।
हिजो राजा फाल्नु पर्छ भन्ने र राजाहरुका शालिक भत्काउने गणतन्त्र पक्षधर पार्टीकै युवाहरुसमेत आन्दोलनमा सहभागी भएको पाइन्छ । युवाहरुलाई राजनीतिमा हतियार ढाल बनाका दलहरु सत्तामा पुगे पछि ती युवाहरुका पीरमर्का नबुभ्mने भए पछि युवाहरुले विकल्प खोज्न थालेका हुन । एकपछि अर्को गरी मुख्य—मुख्य सहरमा आन्दोलन भइरहेका छन् । अहिले गणतन्त्रवादीहरु हतोत्साहीत होइन रक्षात्मक बन्दै गएको आभास हुन थालेको छ ।
राजतन्त्रको पक्षमा वकालत गर्दै आएका दल, समूह तथा वुद्धिजिवीहरुले पूर्वराजाले आप्mनो गुमेको शक्ति फर्काउन कदम चाल्ने उपयुक्त बेला भएको अभिव्यक्ति दिदै आएका छन् । अहिले गणतन्त्रका पक्षधर माओवादीसहितको गणतन्त्र घोषणाको नेतृत्वकर्ता नेपाली कांग्रेसको सरकार छ । हिजोका गणतन्त्रपक्षधर जनताहरु यि दलका गतिविधि देखेर हतोत्साहित भएर गणतन्त्र भन्दा राजतन्त्र नै ठिक थियो भनिराखेका छन् । गणतन्त्र प्रति वितृषण भएका जनतालाई यथास्थितिमा राख्न दलहरुले विधिको शासनको प्रत्याभूति गराउन सक्नु पर्दछ ।

