ghar sansar

संविधान चोकमा राप्रपालाई महेन्द्रको शालिक राख्न नदिन प्रशासनलाई विद्यार्थी संगठनको दबाव

little buddha academy
khasi

महेन्द्रनगर । पाँच विद्यार्थी संगठनले संविधान चोकमा राजा महेन्द्रको शालिक राख्न नदिन स्थानीय प्रशासनलाई दबाव दिएका छन् । सत्तारुढ काँग्रेस माओवादी केन्द्र सहित एमाले, एकीकृत समाजवादी, र नेकपा विप्लव सम्बद्ध विद्यार्थी संगठनले मंगलबार संयुक्त विज्ञप्ति सार्वजनिक गरी शालिन पुनस्र्थान कार्य रोक्न प्रशासनलाई दबाव दिएका हुन् ।

यस अघि जिल्लाका सबै राजनीतिक दलले शालिक पुनस्र्थापन व्यवस्था र संविधान विरुद्ध भएको भन्दै संयुक्त रुपमा प्रशासनलाई आग्रह गरि सकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर २८ गते संविधान चोकमा शालिक राख्ने तयारी गरेको छ ।

,orning glory badhai

विद्यार्थी संगठनले संविधान चोकमा महेन्द्रको सालिक स्थापना कार्य संविधानको बर्खिलाप र व्यवस्था बिरुद्धमा रहेको हुँदा घोर निन्दा प्रकट गर्दै त्यस्ता क्रियाकलाप रोक्नका लागि स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गरेका छन् ।

dirghayi clinic

‘नेपाली जनताको लामो संघर्ष र बलिदान पश्चात प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा आन्दोलनरथ सबै दलको सर्वदलित सर्वपक्षिय बैठकबाट भीमदत्त नगरपालिका ४स्थित रहेको स्मारकलाई संविधान चोक नामाकरण गरी उक्त स्मारकमाथि गणतान्त्रिक स्तम्भ निर्माण गर्ने निर्णय अनुरुप नेपालको संविधान ०७२अनुसार सो कार्यक्षेत्राधिकार स्थानीय सरकारको रहेकाले विगतमा भएका निर्णय कार्यान्वयनका लागि भीमदत्त नगरपालिकासंग अनुरोध गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

  संविधान एव व्यवस्था बिरुद्धमा नकारात्मक क्रियाकलापका साथै अराजकशैली अपनाई आम जनसमुदायलाई भ्रमित नहुन समेत आब्हान गरिएको छ । विद्यार्थी संगठनले राप्रपाका नेता कार्यकर्ताले केही दिन अघि भीम  बाटिकामा सहिद भीमदत्त पन्तको शालिक तोडफोडको समेत भत्र्सना गरेका छन् ।

नेवि संघ जिल्ला अध्यक्ष रमेश चटौत, अनेरास्ववियू संयोजक अमर धामी, अखिल क्रान्तिकारी जिल्ला संयोजक भुवन सिह विष्ट, समाजवादी निकट अनेरास्ववियूका संयोजक प्रज्वल कुँवर, विप्लव क्रान्तिकारीका अनिल सीले विज्ञप्ति सार्वजनिक गरेका छन् ।

सबैखाले बिखण्डकारी तत्वहरुप्रति सजक हुँदै न्यायमुलक समाज निर्माणका लागि सबै पक्षरत एक ठाँउमा आउनु आजको आश्वयकता रहेको आब्हान गरिएको छ । शालिक राख्ने तयारी भएपछि भीमदत्त नगरपालिकाले बुधबार राष्ट्रिय झण्डा राखेको छ ।

Himal dental
सम्बन्धित
Loading...