ghar sansar

अध्यक्ष लिङ्देन सहितका नेताहरु आउँदैछन् राप्रपाको आम सभामा

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले बिहीबार गर्ने आम सभामा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु सहभागी हुने भएका छन् । राप्रपाले सब्जीमण्डी रोडस्थित पार्टी कार्यालय नजिक आम सभा गर्ने तयारी गरेको छ । त्यसका लागि मञ्च व्यवस्थापन लगायतका तयारी भई रहेको छ ।

गणतन्त्र, भ्रष्टाचार, बेथिति र धर्म निरपेक्षताको विरुद्ध राप्रपाले केन्द्रीय नेतालाई बोलाएर आम सभा गरि रहेको छ । आम सभा अघि राप्रपाले संविधान चोकमा राजा महेन्द्रको शालिक पुनस्र्थापना गर्ने तयारी पनि गरेको छ ।

,orning glory badhai
dirghayi clinic

राप्रपाको भीमदत्त नगर अध्यक्ष करन पालका अनुसार अध्यक्ष लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री भुवन पाठक, प्रवक्ता ज्ञानेन्द्र बहादुर शाही लगायतका केन्द्रीय नेताले आम सभालाई सम्बोधन गर्ने छन् । यसैगरी राप्रपाका नेताहरु धर्मराज जोशी, पूर्ण बहादुर चन्द लगायतका सुदूरपश्चिम क्षेत्रका नेताहरु पनि आम सभामा सहभागी हुने नगर अध्यक्ष पालले बताए ।

नगर अध्यक्ष पालले संविधान चोकमा शालिक राख्न राजनीतिक दलहरुसंग छलफल गरी सर्बदलीय सहमति खोज्न पहल गरिएको बताए । उनले राजा महेन्द्र इतिहास भएकाले सबैको सबैको सहमति भए शालिक राखिने बताए ।

राप्रपा कञ्चनपुरले पाँच लाख ५० हजार रुपैँया खर्च गरी राजा महेन्द्रको अष्ठधातुको शालिक बनाएर महेन्द्रनगर ल्याइ सकेको छ । काठमाडौंमा बनाइएको शालिकलाई केही दिन अघि महेन्द्रनगर ल्याइएका थियो ।

Himal dental
सम्बन्धित
Loading...