ghar sansar

शीर्ष नेता र उच्च पदस्थ सरकारी कर्मचारी विरुद्ध खनिए राप्रपा अध्यक्ष लिङदेन, भने–श्रीमति, छोराछोरी र आफन्तीको नाममा सम्पत्ति लुकाएका छन्

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र पुनःस्थापनापछिका शीर्ष नेता उच्च पदस्थ सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन् ।

राप्रपा कञ्चनपुरले बिहीबार आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उनले शीर्ष नेता र कर्मचारीले आफना श्रीमति, छोरा छोृरी र आफन्तीको नाममा सम्पत्ति लुकाएको आरोप लगाए ।

,orning glory badhai

‘२०४६ पछि मुलुकमा भ्रष्टाचार भ्रष्टाचार भएको छ, शिर्ष नेता र उच्च पदस्थ कर्मचारीले श्रीमती छोराछोरी आफन्तीका नाममा सम्पत्ती राखेका छन, ‘अध्यक्ष लिङदेनले भने, ‘सम्पत्ती अरुबाट नभई मबाटै छानबिन गनुर्पछ, म तयार छु ।’

dirghayi clinic

राप्रपाले भ्रष्टाचार अन्त्य गर्ने अभियान सञ्चालन गरेको दावी गर्दै उनले एनसेल खरिद बिक्री प्रकरणमा समेत अनियमितता भएको भन्दै सरकारले बनाएको छानबिन समितिप्रति शंका व्यक्त गरेका छन ।

‘जस जसले एनसेलको कारोबार गरेका छन, उनीहरुका आफन्ती नै छानबिन समितिका संयोजकदेखि सदस्य भएका छन, ‘उनले भने, यस्तो अवस्थामा झन अनियमिता ढाकछोप हुन्छ ।’

अध्यक्ष लिङदेनले मुलुक सुधारका लागि आन्दोलनको विकल्प नभएको बताए । उनले राप्रपाले पुषदेखि आन्दोलन गर्ने बताए ।

वर्तमान सरकार र गणतान्त्रिक दलहरु हिजोकै व्यवस्था र राजालाई गाली गरेर सत्ता र व्यवस्था टिकाउन लागेको बताए । राप्रपा अध्यक्ष लिङदेनले अरु पार्टीको मिसन २०८४ भएपनि राप्रपाको मिसन व्यवस्था परिर्वतन रहेको बताए ।

राजा महेन्द्रको सालिक पुर्नस्थापनाका ८ दलले छाती फराकिलो गर्नु पर्नेमा अध्यक्ष लिङ्दनेले जोड दिए ।

Himal dental
सम्बन्धित
Loading...