ghar sansar

दोधारा चाँदनीमा भाषण गर्दै अतिथि बाहिरिएपछि बेदकोटका मेयर बोहराले भने–यो देखेर मलाई त बोल्नै मन लागेको छैन

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा गरिएको सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको तेस्रो कञ्चनपुर सम्मेलनमा अतिथिहरु मन्तव्य राखेर बाहिरिएपछि बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले असन्तुष्टि पोखेका छन् ।

सम्मेलनमा मेयर बोहराले सबै स्थानीय तहका प्रमुखको तर्फबाट मन्तव्य राखेका छन् । उनले मन्तव्यका क्रममा आफूले भाषण गरी कार्यक्रम छाडेर छाडेर बाहिरिन राम्रो नभएको बताए । कार्यक्रममा उनले भाषण गरी बाहिरिने प्रवृत्ति देखेर बोल्न मन नलागेको समेत दुःख मनाउ गरे ।

,orning glory badhai

‘भाषण गरी बाहिर गयौ, आफ्नो कुरा राख्यौ, अर्काको राख्दै नराखेर हिड्यौ, यसको नि केही अर्थ हुन्छ त’ उनले भने,‘मलाई त यसो देख्दा बोल्ने मन पनि लागि रहेको छैन ।’

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि देउवा पनि मन्तव्य राखेर बाहिरिएका थिए ।

dirghayi clinic

कार्यक्रममा सहभागी सबै स्थानीय तह प्रमुखलाई मन्तव्य राख्ने समय अपुग भएपपछि मेयर बोहराले सबैको तर्फबाट मन्तव्य राखेका हुन् । सम्मेलनमा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना बाहेक सबै स्थानीय तहका प्रमुख सहभागी भएका छन् ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सहितका सरकारी अधिकारी पनि कार्यक्रम सुरु भएपछि फर्किएका थिए ।

बेदकोटका मेयर बोहराले दोधारा चाँदनी प्राकृतिक विपदको उच्च जोखिममा रहेको क्षेत्रका रुपमा रहेको उल्लेख गर्दै जाइकाले तटबन्ध बनाएपछि वस्ती केही हदसम्म सुरक्षित हुन पुगेको बताए ।

जलवायु जन्य विपद् र प्राकृतिक विपद्संग जुध्न स्थानीय तहको क्षमता अभिवृद्धि आवश्यक भएको उल्लेख गर्दै उनले सम्मेलनमा गरिएका प्रतिवद्धता अक्षरशः पालना हुनु पर्नेमा जोड दिए ।

दोधारा चाँदनीको मेयर किशोर कुमाल लिम्बुको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना सहित विभिन्न स्थानीय तहका प्रमुख लगायतका सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकामा २०७८ मा पहिलो पटक गरिएपछि दोस्रो पुनर्वासमा गरिएको थियो । दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल भएको छ ।

Himal dental
सम्बन्धित
Loading...