ghar sansar

बडुवाल टोलमा हात्तीले घर भत्काउँदै, नष्ट गर्दै गहुँबाली

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । बडुवाल टोलको स्थानियहरुको घर भत्काउदै जंगली हात्तीले गहुँबाली नष्ट गर्न थालेको छ । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा स्थानियहरुको घर भत्काउँदै आएको जंगली हात्तीले अहिले आएर गहुँबाली नष्ट गर्न थालेको स्थानियले बताएका छन् ।

बडुवाल टोलमा डेढ दशकदेखि जंगली हात्तीले स्थानियहरुको मध्यरातमा घर भत्काउने, अन्नवाली क्षती गर्ने तथा मानविय क्षति पुगाउँदै आएको छ । स्थानीयले आगो बाल्ने, गुलेली प्रयोग गर्ने, पटाका पड्काएर हात्ती धपाउँदै आएका छन् ।

,orning glory badhai
dirghayi clinic

भारतीय जंगलसंग सीमा जोडिएको बडुवाल टोलमा जंगली हात्तीको आतंक नियन्त्रण गर्न सरकारले चासो नदिएको स्थानीय बताउँछन् । मध्यरातमा हात्तीको हुल आएर बस्तीमा आतंक मच्चाउदै आएको छ् । मध्यरातमा स्थानियहरुले ज्यान जोगाउन हम्मे–हम्मे पर्दै आएको छ ।

तीन दिनदेखि बस्तीमा आएको जंगली हात्तीको हुलले स्थानिय नन्दलाल मगर, शोनम मगर, अमर खत्री, खेम बहादुर खत्री लगायत एक दर्जन भन्दा बढी स्थानियको गहँुबाली कुल्चेर नष्ट गर्दै आएको स्थानियबासी महाबीर क्षेत्रीले बताए ।

हात्ती बस्ती पसेको बेला स्थानिय किसानहरुलाई हात्ती धपाउन रातभरी जाग्राम बस्नु परेको छ । हात्तीको बथानले किसानको गहुँबाली नष्ट गरिरहेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...