ghar sansar

नेपाली चलचित्रका चर्चित खलनायक तेजा, जो उपचार खर्च नभएर थलिए घरमै

little buddha academy
khasi

–राजेन्द्रप्रसाद पनेरु
महेन्द्रनगर । नेपाली चलचित्रमा खलनायकको भूमिकामा देखिने तेजा ऐरलाई नचिन्ने सायदै कोही होलान । अहिले ती चलचित्रका खलनायक रजतपटबाट ओझेलमा छन् । केही महिना देखि पक्षघात(प्यारालाईसिस) हुदा ऐर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी स्थीत आफ्नै घरमा थला परेका छन । लामो समयदेखि विरामी पर्दा उपचारमा निकै रकम खर्च गर्दा पनि उहाँ स्वस्थ्य हुन सकेका छैनन् । 

“नेपाल भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च भैसकेको छ” उनले भने, ‘थप उपचारका लागि आर्थिक अभाव हँुदा घरमै बस्नु परेको छ ।”

,orning glory badhai

घरमा भएको जायजेथा सबै बेचेर उपचार गराउँदा पनि विरामी ठिक हुन नसकेको उनले बताए । पक्षघात संगै उच्चरक्तचाप, लिभर, किडनी लगायतमा थप समस्यामा देखिएको छ । “चिकित्सकले थप उपचार गर्नका लागि भनेपनि आर्थिक अभाव छ” उनले भने, “सहयोगीको खोजीमा छौं ।” चलचित्र सम्बद्ध संघ संस्था, व्यक्ति लगायतबाट सहयोग हुन नसकेकोमा उनी गुनासो गनु गर्छ्न् ।

dirghayi clinic

“आफना उर्जावान समय चलचित्र क्षेत्रमा खर्र्र्चिए, धेरै चलचित्रमा घरबाटै पैशा लगेर खर्च गरे केहीले अभिनय गराए वाफतको पारिश्रमिक रकम अझै सम्म पनि दिएका छैन” उनले भने, ‘गम्भीर रुपमा विरामी पर्दा सहयोग गर्न कोही अगाडि आउनु भएको छैन, सरकारी निकायलाई गुहारे पनि उपचारका लागि सहयोग रकम जुटाउन सकिएको छैन ।”

ज्यान जोगाई दिनका लागि उनले सम्बद्ध पक्षहरुसंग अनुरोध गरेका छन् । कृषि विकास बैंक झलारी शाखाको खाता नं ०८–२४६–००६९९३६९–०१–९ मा रकम जम्मा गरी सहयोग गरिदिन दातृ निकाय, व्यक्ति, संघ संस्थासंग उनले अनुरोध गरेका छन् । उनको सम्पर्क मोवाईल नम्बर ९८४८७२३२८४ रहेको छ ।

तीन दशक देखि दर्जनौं नेपाली चलचित्रमा ठुलो सानो भूमिकामा ऐरले अभिनय गरेका छन् । थारु कथानक चलचित्र ‘मोर बस्ती’बाट डेव्यू गरेका ऐरले थारु, नेपाली, भोजपुरी भाषाका सय बढी चलचित्रमा खलनालयको भूमिका निर्वाह गर्नु भएको छ ।

चलचित्रमा लामो समयदेखि अभिनय गर्दै आएका ऐर खलनायकको रूपमा बढी रुचाइएका कलाकारका पमा पर्दछन । ऐरले सत्या, हिरासत, बिजयपथ, बिरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डर, लगायतका दर्जनौं चलचित्रमा अभियन गरेका छन । विभिन्न टेलीफिल्म र म्युजिक भिडियोमा समेत उनले अभिनय गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...