

सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ । सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो । कञ्चनपुर सहित सुदूरपश्चिममा आइतबार सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर र बाजुरामा दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । मुलुकभर गत आर्थिक वर्ष २०७९÷२०८० मा २३ हजार पाँच सय ९७ पटक सवारी दुर्घटना भएको प्रहरी तथ्यांक छ र प्रहरीलाई जानकारी नभएका दुर्घटना पनि थुप्रै हुन सक्छन् ।

सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै जानुका धेरै कारणहरु छन् । ट्राफिक प्रहरीले आप्mनो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन । सवारी साधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन् । मोटरसाइकल चलाउदा हेलमेट प्रयोग नगर्नु, ग्रामीण क्षेत्रमा सवारीसाधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र सवारीचालक तथा सवारीधनीले प्रहरीलाई छलेर भए पनि क्षमताभन्दा बढी भार बोक्नु लगायतले सवारी दुर्घटना बढ्दै गएको छ ।
मादक पदार्थ सेवन, मोबाइल प्रयोग गरेर सवारी चलाउनु, यात्रु बोक्ने साधनमा सवारीचालक र सवारीधनीले जनावरदेखि खाद्यान्न लगायतका सामान बोकेर ग्रामीण क्षेत्रमा गाडी चलाउने र त्यसतर्फ प्रहरीको ध्यान कम जादा बढी दुर्घटना भइरहेको छ । यस्तै सवारीका कारण हुने दुर्घटनामा सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण हुन्छन् । चढ्दा र ओर्लदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपु¥याएर पनि दुर्घटना भएका छन् । सडकमा खाल्डाखुल्डी, साघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडक लगायत छन् ।
यस्तै हुस्सु, कुहिरो, बाढी–पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको छ । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९÷८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका थिए । आव २०७८÷७९ भन्दा आव २०७९÷८० मा आधाभन्दा कम दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । आव २०७९÷८० मा यहा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको र चार सयजना ६३ घाइते भएका छन् । सडक दुर्घटना कम गर्न ट्रफिक प्रहरी सक्रियताका साथ लागेको देखिन्छ । तर सबै क्षेत्रमा ट्रफिक प्रहरीको पहुँच पुग्न सकेको छैन । पाहाडी जिल्लाका नयाँ खोलेका सडकमा पनि गाडी गुडने गेका छन् । त्यहा ट्रफिक प्रहरी हुदैन ट्रकले समेत धान्न नसक्ने गरि यात्रुसंगै सामान हाल्ने गरिन्छ । सवारी दुर्घटनामा कमी ल्याउने हो भने गाडी पुगेको ठाउँहरुमा ट्रफिक प्रहरीको पनि पहुँुच बढाउनु जरुरी छ ।
