ghar sansar

भीमदत्त ७ का वडा अध्यक्ष चन्दले बाँडे हल्दुखालका ३५ किसानलाई पावर टिलर

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–७ हल्दुखालका किसानलाई हाते ट्याक्टर(पावर टिलर) वितरण गरिएको छ । संघीय सरकारको अनुदान कार्यक्रम अन्तर्गत शनिबार किसानलाई ट्रयाक्टर वितरण गरिएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा.दीपक प्रकाश भट्टले ३५ किसानलाई पावर टिलर हस्तान्तरण गरे। उनले कृषिमा आधुनिकरणका साथै व्यवसायिक कृषिमा हाते ट्याक्टरले सहजता थप्ने उनले बताए।

,orning glory badhai

भीमदत्त नगरपालिका वडा नम्बर ७ का अध्यक्ष गणेशबहादुर चन्दले ५० प्रतिशत कृषकको लागतमा हाते ट्याक्टर वितरण गरिएको बताए ।

dirghayi clinic

‘पहिलो पटक ३५ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ। यो ट्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन,’ उनले भने, ‘कृषिमा यान्त्रिकरण गर्ने उद्धेश्यले अनुदानमा ट्याक्टर वितरण गरिएको हो ।’

अनुदानमा ट्याक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त नगरपालिका–७ का स्थानीय खेमराज भट्टले बताए ।

‘गोरु वा भाडामा ट्याक्टर ल्याएर खेत जोत्नुप–थ्यो। अब त्यो बाध्यता हटेको छ,’उनले भने,‘खेत जोत्नका लागि थोरै समय लाग्नेछ । अनुदानमा ट्याक्टर पाउँदा निकै खुसी लागेको छ।’ किसानले अनुदानमा एक लाख २५ हजार रुपैयाँको लागतमा ट्याक्टर पाएका हुन ।

   

Himal dental
सम्बन्धित
Loading...