ghar sansar

इन्द्रेणी कृषि सहकारी संस्थाकोे १२ औं वार्षिक साधारण सभा सुरु, उप मेयर जोशीले गरिन् उद्घाटन

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित इन्द्रेणी कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा सुरु भएको छ । उदयदेब माध्यमिक विद्यालयमा सुरु साधारण सभाको उद्घाटन बेदकोट नगरपालिकाका उप मेयर तुलसी जोशीले गरेकी छन् ।

बेदकोट नगरपालिकाले इन्द्रेणी कृषि सहकारीसित धान पकेट क्षेत्रमा साझेदारी गरेको उल्लेख गर्दै आगामी दिनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने बताइन् ।

,orning glory badhai

  

सहकारीका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा गरिएको उद्घाटन समारोहमा उप मेयर जोशी प्रमुख अतिथि थिइन् । बेदकोट नगरपालिका ९ का वडा अध्यक्ष जनक बहादुर विष्ट विशिष्ठ अतिथि थिए ।

उद्घाटन कार्यक्रममा सहकारीका अध्यक्ष भट्ट सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । २०६८ मा ३१ जना शेयर सदस्यले खोलेको सहकारीमा हाल एक हजार २ सय २७ शेयर सदस्य पुगेका छन् ।

सहकारीका अध्यक्ष भट्टले हालसम्म सहकारीबाट ३ सय ४० जनाले सहुलियत ब्याजदरमा ऋण लिएर कृषि, व्यापार लगायतका आय आर्जनका कार्यक्रम गरि रहेको जानकारी दिए ।

सहकारीले युवा स्वरोजगाबारट ५० लाख सहुलियत ऋण लिएको थियो । यस वर्ष पनि युवा स्वरोजगार र प्रदेश युवा स्वरोजगारबाट सहुलियत ऋण लिने प्रक्रिया अघि बढेको अध्यक्ष भट्टले बताए ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक अर्जुनदेब पाण्डेयले लेखा परीवेक्षण प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणी सहित संस्थागत सदस्य, उदयदेब माविका एसइई उत्कृष्ठ विद्यार्थी, संस्थागत बचतकर्ता र वडा कार्यालय लगायतका सम्मान गरिएको छ ।

सहकारीले प्रकाश कलौनी, लक्ष्मीदेबी दियाल, पदम सिह धामी, जय प्रकाश भट्ट र नरेन्द्रराज पन्तलाई असल ऋणका रुपमा सम्मान गरेको छ । असल बचकर्तामा प्रिया राना, भगिरथ जोशी, सुम्मिना राना, गौतम धामी, नन्दकली राना सम्मानित भएका छन् । उत्कृष्ठ बाल बचतकर्तामा समीक्षा विष्टलाई सम्मान गरिएको छ ।

बैजनाथ भजन किर्तन मण्डली र बैजनाथ सुडा खानेपानी तथा सरसफाई उपभोक्ता समिति संस्थागत बचततर्फ सम्मानित भएका छन् ।

dirghayi clinic

सहकारीले उदयदेब माध्यमिक विद्यालयबाट एसइई उत्कृष्ठ नतिजा ल्याउन छात्र र छात्रालाई सम्मान गर्दै आएको छ । २०७९ को एसइईमा परीक्षामा उत्कृष्ठ अंक नतिजा ल्याउने जगदीशदत्त पन्त, दिक्षा विष्ट र पुजा पन्तलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बेदकोट नगरपालिका वडा नं. ९ को वडा कार्यालयलाई पनि सहकारीले सम्मान गरेको छ । वडा कार्यालयले सहकारीको विकासका सहयोग गरेको भन्दै अध्यक्ष जनक बहादुर विष्टलाई सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यक्रमका विशिष्ठ अतिथि वडा अध्यक्ष विष्टले समाजमा नकारात्मक प्रवृत्ति हावी हुँदै गएकाले सबै सकारात्मक सोच राखेर समाज र देशका लागि अघि बढ्नु पर्ने आवश्यकता देखिएको बताए ।

वडा कार्यालयले आगामी दिनमा सहकारीसित सहकार्य गरी उत्पादन मुलक कार्यक्रम सञ्चालन गरिने बताए । उनले कार्यक्रमका प्रमुख अतिथि उप मेयर जोशीले वडाको जग्गा नापीको समस्या समाधानका लागि महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।

कार्यक्रममा बेदकोटका ९ का निवर्तमान वडा अध्यक्ष राम सिह धामी, नेपाली काँग्रेसका वडा सभापति राज बहादुर ऐडी, नेकपा एमालेका वडा कमिटी अध्यक्ष शान्ति मल्ल, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष हर्क बहादुर विष्ट, राष्ट्रिय सहकारी बैंक महेन्द्रनगर शाखाका प्रमुख नविन क्षेत्री, सिटिजन लाइफ इन्स्यारेन्सका धनेश्वररी बोकटी, सुनौलो कृषि सहकारी संस्था लिका अध्यक्ष गोपाल साउँद लगायतले शुभ कामना मन्तव्य राखे ।

सहकारीका मुख्य प्रबन्धक लक्ष्मीदत्त भट्टले सञ्चालन गरेको कार्यक्रममा सहकारीका शेयर सदस्य, कर्मचारी, बुद्धिजीवि लगायतका सहभागी भएका छन् । उद्घाटन सत्रपछि बन्द सत्र सुरु गरी चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिने बताए ।

तस्बिरहरु : भोजराज पन्त

 

Himal dental
सम्बन्धित
Loading...