ghar sansar

एसइई दिने विद्यार्थीलाई  वडा अध्यक्ष थापाले पढाउँदै छन् निःशुल्क ट्युसन

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ११ ले वडाभित्रका सामुदाष्कि विद्यालयको एइइई नतिजा सुधारका लागि विद्यार्थीहरुलाई ट्युसन कक्षा पढाउने भएको छ ।

वडा कार्यालयले शैक्षिक सुधार कार्यक्रम अन्र्तगत यस वर्षको एसइई परीक्षामा सहभागी हुने सबै विद्यार्थीले निःशुल्क रुपमा ट्युसन पढ्न पाउने भएका हुन् ।

,orning glory badhai

वडा अध्यक्ष प्रकाश थापाले मंगलबार सार्वजनिक सूचना गरी ट्यसन कक्षा सञ्चालन हुने जानकारी गराएका छन् । उनले एसइई दिने सबै विद्यार्थीलाई कक्षाबाट फाइदा लिन आग्रह गरेका छन् ।

dirghayi clinic

‘सम्पूर्ण भीमदत्त वडा नं ११ मा १० कक्षामा अध्यानरत विद्यार्थी भाई बहिनीलाई लक्षित गर्दै निःशुल्क ट्युसन कक्षा सञ्चालन हुने हुँदा मौकाको फाईदा लिन हुन वडा बासि अभिभावक तथा विद्यार्थीहरुलाई सहर्ष जानकारी गरिन्छ’ वडा अध्यक्ष थापाले भनेका छन् ।

भीमदत्त नगरपालिकाभित्र विद्यार्थीलाई वडा अध्यक्ष थापाले पहिलो पटक ट्युसन कक्षा पढाउन लागेका हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

भीनपा ११ मा गड्डाचौकीस्थित सिद्धनाथ अमर माध्यमिक विद्यालय मात्रै सामुदायिक छ । अन्य आधारभूत तहका विद्यालयका छन् । वडा अध्यक्ष थापाले वडा बाहिरका सामुदायिक विद्यालयका पढ्ने विद्यार्थीले पनि कक्षामा पढ्न पाउने बताए ।

‘वडाभित्रका एसईई दिने सबै विद्यार्थीले निःशुल्क रुपमा ट्युसन कक्षा पढ्न पाउने छन्’ उनले भने । भीमदत्त नगरपालिकामा झण्डै पाँच दर्जन सामुदायिक विद्यालय छन् ।

Himal dental
सम्बन्धित
Loading...