

महेन्द्रनगर । कबर्ड हलमा आइतबारदेखि सुरु १२ औं प्याब्सन महोत्सव सकिएको छ । पाँच दिनसम्म चलेको प्याब्सन महोत्सवको बिहीबार समापन गरिएको छ । प्याब्सन महोत्सवमा शुक्लाफाँटा नगरपालिकाको सूर्योदय पब्लिक स्कुल सबैभन्दा बढी पदक पाएर प्रथम स्थान हात पारेको छ । सूर्योदयले १८ स्वर्ण, ८ रजत र र ६ कास्य सहित ३२ पदक जितेर शिल्ड जितेको छ ।


महोत्सवमा ८ स्वर्ण, ८ रजत र ६ कास्य सहित २२ पदक जितेर इन्टरनेशनल पब्लिक स्कुल दोस्रो र ७ स्वर्ण, ६ रजत र ७ कास्य सहित २० पदक जितेर डायमण्ड पब्लिक एकेडेमी तृतीय स्थान हासिल गरेको छ ।
प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्दको प्रमुख आतिथ्य र प्याब्सन अध्यक्ष अमराज भट्टको अध्यक्षतामा गरिएको समापन कार्यक्रममा विजेता सबैलाई शिल्ड, ट्रफी, पदक र प्रमाण प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सल्लाहकार चन्दले प्याब्सनले बर्सेनी प्रतियोगिता आयोजना गर्दै आएकाले निरन्तरता दिने बताए ।
प्याब्सनका सचिव राकेश बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा महोत्सव संयोजक एवम् प्याब्सन उपाध्यक्ष महादेब प्रसाद भट्टले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष एवम् जिल्ला कबड्डी संघका अध्यक्ष महेश चन्द, प्याब्सन केन्द्रीय उपाध्यक्ष सुरेन्द्रराज ओझा, प्याब्सन केन्द्रीय सदस्य प्रेम सिह पुजारा, पूर्व केन्द्रीय उपाध्यक्षहरु प्रेम बहादुर चन्द, दिपकराज चालिसे, पूर्व केन्द्रीय सदस्यहरु रुद्रराज पनेरु, भुपाल सिह विष्ट, प्याब्सनका सुदूरपश्चिम वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, ओलम्पियन डम्बरदत्त भट्ट, प्याब्सन सल्लाहर बिर्ख बहादुर मल्ल, मिन बहादुर सिह, जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपादत्त भट्ट, प्याब्सनका सुदूरपश्चिम उपाध्यक्ष केशवदत्त भट्ट, मन्त्र हस्पिटलका निर्देशक डा. गोबिन्द रोकाया लगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

परराष्ट्र मन्त्री एनपी साउँदले आइतबार महोत्सव उद्घाटन गरेका थिए । महोत्सवमा प्याब्सन आवद्ध तीन दर्जन विद्यालय सहभागी भएका छन् । महोत्सवमा सबै विधाका उत्कृष्ठ खेलाडीलाई ट्रफी प्रदान गरिएको छ ।
महोत्सव माध्यमिक विद्यालयतर्फ कबड्डी छात्रमा नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुल प्रथम, डायमण्ड पब्लिक एकेडेमी द्वितीय तथा होली फेमली इङ्गशिल मिडियम स्कुल र चन्द्र सूर्य बाल विद्यालय तृतीय भए ।

छात्रातर्फ डायमण्ड पब्लिक एकेडेमी प्रथम, वेष्टर्न पब्लिक एकेडेमी द्वितीय, होली फेमली इङ्गलिश मिडिय स्कुल र नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुल तृतीय भए ।
आधारभूत तहतर्फ कबड्डी छात्रमा न्यू सरस्वती विद्या मन्दिर प्रथम, नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुल द्वितीय, होली फेमली र अपि इन्टरनेशल तृतीय भए । छात्रामा ग्रिनल्याण्ड एकेडेमी प्रथम, माउण्ट अपि द्वितीय, वेष्टर्न पब्लिक स्कुल र सनलाइट पब्लिक स्कुल तृतीय भए ।

छात्र भलिबलमा सूर्योदय पब्लिक स्कुल बन्साहा प्रथम, चन्द्र सूर्य बाल विद्यालय द्वितीय, होली फेमली इङ्गलिश मिडियम स्कुल र अमरज्योति स्कुल तृतीय भए ।
आधारभूत द्धिवद्यालयतर्फ टेबलटेनिसमा छात्रमा इन्टरनेशनल प्रथम, मेधावी सेकेन्ड्री द्वितीय, शिशु विद्या मन्दिर तृतीय र लिटिल स्टार पब्लिक स्कुल चौथो भए ।
ब्याडमिन्टन सिङ्गलमा ग्लोबल एकेडेमी प्रथम, कस्मोपोलिटिन इङ्गलिश मिडियम स्कुल द्वितीय, इन्टरनेशनल पब्लिक स्कुल तृतीय र शिशु विद्या मन्दिर चौथो भए ।

ब्याडमिन्टन डबलमा इन्टरनेशन पब्लिक स्कुल प्रथम, ग्लोबल एकेडेमी द्वितीय, शिशु विद्या मन्दिर तृतीय र सूर्योदय सेकेन्ड्री स्कुल चौथो भए ।
यसैगरी छात्रातर्फ टेबल टेनिसमा मेधावी सेकेन्ड्री स्कुल प्रथम, कस्मोपोलिटिन द्वितीय, सनराइज सेकेन्ड्री स्कुल तृतीय र डायमण्ड पब्लिक एकेडेमी चौथो भए ।
ब्याडमिन्टन सिङ्गलमा इन्टरनेशल पब्लिक स्कुल प्रथम, सनराइज सेकेन्ड्री द्वितीय, डायमण्ड पब्लिक एकेडेमी तृतीय र ग्लोबल एकेडेमी चौथो भए ।

ब्याडमिन्टन डबलमा सनराइज सेकेन्ड्री स्कुल प्रथम, इन्टरनेशल द्वितीय, वेष्र्टन पब्लिक एकेडेमी तृतीय र चन्द्रदेवल पब्लिक स्कुल चौथो भए ।
एक सय मिटर दौडमा छात्रतर्फ ज्ञान वाटिका प्रथम, सूर्योदय द्वितीय र चन्द्र सूर्य तेस्रो भए । छात्रातर्फ डायमण्ड प्रथम, लिटिल स्टार द्वितीय र सनलाइट तेस्रो भए ।

दुई सय मिटर दौडमा छात्रतर्फ ज्ञान बाटिका प्रथम, चन्द्र सूर्य द्वितीय, सूर्योदय तृतीय तथा छात्रातर्फ लिटिल स्टार प्रथम, डायमण्ड द्वितीय, होली फेमली तेसो भए ।
चार सय मिटर दौडमा छात्रतर्फ मेधावी प्रथम, डायमण्ड द्वितीय, शिशु विद्या मन्दिर तृतीय र छात्रातर्फ केदार पब्लिक प्रथम, सौगात द्वितीय र धु्रबरातारा तृतीय भएका छन् ।


सय गुणा चार रिले दौडमा छात्रतर्फ सूर्योदय प्रथम, मेधावी दोस्रो, इन्टरनेशनल तेस्रो तथा छात्रातर्फ डायमण्ड प्रथम, सनलाइन द्वितीय र सरस्वती विद्या मन्दिर तृतीय भएका छन् ।
लङ्ग जम्पमा छात्रतर्फ सूर्योदय पब्लिक स्कुल प्रथम, मेधावी द्वितीय, चन्द्रदेब बोर्डिङ्ग स्कुल तृतीय भए । छात्रामा डायमण्ड पब्लिक एकेडेमी प्रथम, सनलाइट पब्लिक द्वितीय, एभरेष्ट इभरग्रिन तेस्रो भए ।

हाइजम्पमा छात्रतर्फ सरस्वती विद्या मन्दिर प्रथम, अरनिको द्वितीय, सनलाइट तृतीय, छात्रातर्फ सनmलाइट प्रथम, केदार द्वितीय र चन्द्रदेबल तृतीय भए ।
त्रिपल जम्पमा छात्रतर्फ शिशु विद्या मन्दिर प्रथम, इन्टरनेशनल द्वितीय, मेधावी तृतीय र छात्रामा सनलाइट प्रथम, न्यू सरस्वती द्वितीय र मोडर्न मन्टेश्वरी तृतीय भएका छन् ।
सटफुटमा छात्रतर्फ कस्मोपोलिटिन प्रथम, सूर्योदय द्वितीय, अरनिको तृतीय तथा छात्रातर्फ इन्टरनेशन प्रथम, मेधावी द्वितीय र अरनिको तृतीय भएका छन् ।

माध्यमिक तहतर्फ टेबलटेनिस छात्रमा लिटिल स्टार प्रथम, होली फेमली द्वितीय, इन्टरनेशल तृतीय र कस्मोपोलिटिन चौथो भए । छात्रातर्फ कस्मोपोलिटिन प्रथम, न्यू सरस्वती द्वितीय, मेधावी तृतीय र ब्राइट स्टार पब्लिक स्कुल चौथो भएका छन् ।
ब्याडमिन्टन सिङ्गल छात्रमा सूर्योदय प्रथम, कस्मोपोलिटिन द्वितीय, इन्टरनेशनल तृतीय र चन्द्र सूर्य पब्लिक स्कुल चौथो भए ।

ब्याडमिन्टन डबलमा छात्रतर्फ चन्द्रसूर्य प्रथम, सूर्योदय द्वितीय, सरस्वती विद्या निकेतन तृतीय, इन्टरनेशनल चौथो र छात्रातर्फ कस्मोपोलिटिन प्रथम, सनराइज द्वितीय, नागार्जुन तृतीय र शिुश विद्या मन्दिर चौथो भए ।
एक सय मिटर दौड छात्रमा सूर्याेदय प्रथम, इन्टरनेशनल द्वितीय, डायमण्ड तृतीय भए भने छात्रातर्फ सूर्योदय प्रथम, इन्टरनेशनल द्वितीय र मोडर्न मन्टेश्वरी तृतीय भए ।

दुई सय मिटर दौडमा छात्रतर्फ डायमण्ड प्रथम, चन्द्रसूर्य द्वितीय, ध्रुबतारा तृतीय र छात्रामा सूर्याेदय प्रथम, मोर्डन द्वितीय, सनलाइट तृतीय भएका छन् ।
चार सय मिटर दौडमा छात्रमा सूर्योदय प्रथम, इन्टरनेशनल द्वितीय, सनलाइट तृतीय तथा छात्रामा होली फेमली प्रथम, सूर्योदय द्वितीय र न्यून सरस्वती तृतीय भएका छन् ।
८ सय मिटर दौडमा छात्रमा इन्टरनेशनल प्रथम, सूर्योदय द्वितीय, होली फेमली तृतीय, छात्रामा न्यू सरस्वती प्रथम, होली फेमली द्वितीय, सूर्योदय तृतीय भए ।

१५ सय मिटर दौड छात्रमा इन्टरनेशनल प्रथम, सूर्योदय द्वितीय, धु्रबतारा तृतीय, छात्रातर्फ सूर्योदय प्रथम, न्यू सरस्वती द्वितीय र इन्टरनेशनल तृतीय भएका छन् ।
एक सय गुणा चार रिलेमा छात्रतर्फ सूर्योदय प्रथम, इन्टरनेशनल द्वितीय, डायमण्ड तृतीय तथा छात्रामा सूर्योदय प्रथम, होली फेमली द्वितीय र सनलाइट तृतीय भएका छन् ।

चार सय गुणा चार रिलेमा छात्रतर्फ सूर्योदय प्रथम, इन्टरनेशन द्वितीय, डायमण्ड तृतीय, छात्रातर्फ सूर्योदय प्रथम, न्यू सरस्वती द्वितीय र होली फेमली तृतीय भए ।
लङ्गजम्पमा छात्रतर्फ सनलाइट प्रथम, होली फेमली द्वितीय, वेष्टर्न तृतीय, छात्रातर्फ वेष्टर्न प्रथम, सनलाइन द्वितीय र होली फेमली तृतीय भए ।

हाइजम्पमा छात्रतर्फ इन्टरनेशनल प्रथम, चन्द्रसूर्य द्वितीय, सूर्योदय तृतीय तथा छात्रातर्फ सूर्योदय प्रथम, न्यू सरस्वती द्वितीय र इन्टरनेशनल तृतीय भए ।
त्रिपल जम्पमा छात्रतर्फ सूर्योदय प्रथम, चन्द्र सूर्य द्वितीय, वेष्टर्न तृतीय, छात्रातर्फ होली फेमली प्रथम, न्यू सरस्वती द्वितीय, सूर्योदय पब्लिक तृतीय भएका छन् ।
ज्याबलिन थ्रोमा छात्रतर्फ मेधावी प्रथम, अरनिको द्वितीय, डायमण्ड तृतीय र छात्रातर्फ डायमण्ड प्रथम, मेधावी द्वितीय, सूर्योदय तृतीय भए ।

सटफुटमा छात्रतर्फ इन्टरनेशनल प्रथम, सूर्योदय द्वितीय, न्यू सरस्वती तृतीय तथा छात्रातर्फ सूर्योदय प्रथम, न्यून सरस्वती द्वितीय र डायमण्ड तृतीय भएका छन् ।


