ghar sansar

भीनपा १० का वडा अध्यक्ष चन्द भन्छन्— खेलाडीमा लगानी लगाउने कि भट्टीमा, यही नबुझ्दा दुःख लाग्छ

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश चन्दले स्थानीय सकरारले खेलकूद क्षेत्रलाई वेवास्ता गरेको गुनासो गरेका छन् । कबर्ड हलमा १२ औं प्याब्सन महोत्सव समापन कार्यक्रममा उनले खेल र खेलाडीमा स्थानीय सरकराले लगानी बढाउनु पर्ने आवश्यकता भएको बताए ।

‘विगतका दिनमा नगर स्तरीय जिल्ला स्तरीय खेल प्रतियोगिता हुन्थ्ये, म आफैं वडा अध्यक्ष हुँ, दुःख लाग्छ’ उनले भने,‘खेलाडी लगानी बढाउनु पर्ने हो, त्यसो केही छैन, खेलकूदलाई कुनै मतलब छैन ।’

,orning glory badhai
dirghayi clinic

वडा अध्यक्ष चन्दले खेलाडीमा लगानी नगरी अन्यत्र लगानी भएको दुःख लागेको उल्लेख गर्दै भने,‘खेलाडीमा लगानी बढाउने, कि भट्टीमा लगाउने, यो कुरा नबुझेर दुःख लाग्छ ।’

भीमदत्त नगरपालिकालार्इृ संकेत गर्दैै उनले बहुमत भए पनि आफू अल्पमतमा बस्नु पर्ने अवस्थामा भएको उल्लेख गरे ।

राजनीतिक दलहरु सबै स्वार्थी देखिएकाले जनतामा नैराश्यता बढृेको वडा अध्यक्ष चन्दको भनाई थियो । ‘अहिले कुन राम्रो नराम्रो भन्ने केही छैन, निराशाका मात्रै कुरा छन्’ उनले भने,‘सबै स्वार्थी जस्ता भए, त्यसैले निराश भए ।’

वडा अध्यक्ष चन्दले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । कबड्डीका खेलाडी चन्द २०७९ को स्थानीय तह निर्वाचनबाट अध्यक्ष भएका हुन् । उनी कबड्डी संघ कञ्चनपुरका अध्यक्ष छन् ।

Himal dental
सम्बन्धित
Loading...