

अशोक सार्की सुन्याल
पुनर्वास । पुनपर्वास नगरपालिका नगर स्तरीय राष्ट्रपति खेलकूद प्रतियोगिता सुरु भएको छ । पुनर्वासका मेयर तोय प्रसाद शर्माले प्रतियोगिता उद्घाटन गर्दै युवालाई अनुशासित बनाउन र विकासमा जोड्न खेलकुद महत्वपूर्ण माध्यम रहेको बताएका छन् ।
खेल मार्फत युवाहरूको भविष्य उज्जवल भएको चर्चा गर्दै उनले खेलाडी रास्ट्रको सम्पत्ति भहेकोले नगरपालिकाको तर्फबाट खेलकुद क्षेत्रको बिकासमा कमि नगर्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख जीवन राज थापाले खेलकुद आफ्नो पनि लोकप्रिय रहेको बताउँदै खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यमा मात्र सीमित राख्न नहुने बताए । खेलकुदले समग्र देशको विकासमा भूमिका खेल्ने उल्लेख गर्दै खेल जगत बहुआयामिक भएको उनले बताए ।
पुनर्वास नगर खेलकुद विकास समिति अध्यक्ष बल बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको नगर प्रमुख शर्माले पानशमा बत्ती बाली ब्यानर वाचन गरेर उद्घाट्न गरे ।


कार्यक्रममा पुनर्वास नगर खेलकुद विकास समिति अध्यक्ष तथा कार्यक्रमका सभापति बल बहादुर तामाङले खेललाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्दै खेलकुदका गतिविधिाई बढाइने उल्लेख गरे ।
प्रतियोगिता अन्तर्गत शुक्रबार देखि नै खेलकुदका गतिविधि समेत सुरुवात गरिएको र २२ गतेसम्म सबै खेलहरू सम्पन्न गरिने अध्यक्ष तामाङले बताए ।

सम्पन्न खेलको नतिजा यस प्रकार छ
१५०० मि. छात्र तर्फ
१. धन बहादुर सार्की ( श्री पुनर्वास जनता मा वि ) स्वर्ण पदक –१
२. अमृत चौधरी ( शान्ति मावी ) रजत –१
३. भक्त भुल (श्री जीवन ज्योति मा वि ) काश्यपदक – १
१५०० मि. छात्रा तर्फ
१. पवित्रा सार्की (श्री जीवन ज्योति मा वि ) स्वर्ण पदक –१
२. नन्दा खड्का ( राष्ट्रिय मा वि अमरबस्ती ) रजत पदक –१
३. कल्पना विष्ट ( जीवन ज्योति मा वि ) काश्यपदक

मार्चपासमा
१. श्री सरस्वती मा वि– स्वर्ण
२. एस पि एल एकेडेमी –रजत
३. वागिश्वरी मा वि – काश्यपदक


