ghar sansar

पशुहरुमा जुका, नाम्लेको विरुद्ध औषधिको सही प्रयोग कसरी गर्ने ?

khasi

–डा. केदार कार्की
जनावरको शरीरमा सामानयतया आन्तरिक परजीवीको समस्या हुने गर्दछ, जसका कारण पशुहरु दुब्लाउने, दुध उत्पादन घटेर जाने, समयमा गर्भिणी नहुने, साल अड्किने, दुब्ला बच्चा जन्मिने, अरु रोगसँग प्रतिरोध गर्ने क्षमता कम हुने, जस्ता समस्या हुन्छ् । यी यस्ता समस्याबाट मुक्त हुनको लागि हामी पशुलाई नाम्ले जुकाको औषधि प्रयोग गर्दछौं । यस्ता औषधि प्रयोग गर्दा निम्न लिखित कुराहरुको ध्यान पु¥याउनु पर्ने हुन्छ :

dirghayi clinic

पशुहरुलाई नाम्ले जुकाको औषधि खुवाउनुपरे औषधि खुवाउनुभन्दा २४ घण्टा पहिले दाना आहारा दिनु हुँदैन । यदि आवश्यक परे अलिकति सुकेको पराल गहुँको भुस दिन सकिन्छ तर हरियो घाँस भने दिनुहुँदैन । यदि सम्भव भएसम्म औषधि खुवाएको ६ घण्टासम्म केही पनि खान नदिदा बेस । तर यतिबेला पानी जनावरको इच्छा अनुसार पिउन दिनुपर्छ । गर्भिणी तथा कमजोर पशुलाई भने यस्तो कुनै प्रतिवन्ध गर्नु हुँदैन । दवाइ प्रतिरोधक नाम्ले जुका मार्नको ला ित्यही औषधि पुनः १२ घण्टा पछि पशुलाई दिनु पर्दछ जसलेगर्दा ती प्रतिरोधक नाम्ले जुका मार्न सजिलो हुन्छ ।

औषधि सँधै पशुको शारीरिक तौल अनुसार दिनु पर्दछ । किनभने गाइ भैंसी दुवैलाई एकै किसिमको मात्रामा औषधि दिइने गरेको पाइन्छ जुन बैज्ञानिक दृष्टिकोणले उचित मानिदैन । औषधि जहिले पनि विश्वसनीय उत्पादकको नै किनेर प्रयोग गर्नु पर्दछ । नाम्ले जुकाको औषधि प्रयोग गर्नुभन्दा पहिले पशुको गोबर जाँचगरी कस्तोखाले नाम्ले जुका हो कति घातक मात्रामा संक्रमण गरेको छ यकिन गरिनु पर्दछ । किनकी शरीरमा थोरै मात्रामा नाम्ले जुका हुन्ु जरुरी हुन्छ जसले जनावरमा उक्त नाम्ले जुका विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ तर यो मात्रा बढेर गयो भने पशुको स्वास्थ्यमा प्रतिकुल असर गर्दछ । त्यसैले पशुमा कतिमात्रामा नाम्ले जुकाको प्रकोप छ थाहा पाइराख्न पशुको गोबर परीक्षण नियमति अवधिमा गराइराखनु पर्दछ । जसले बेलैमा उपचार तथा रोकथाम गर्न सकियोस । नाम्ले जुकाको प्रकोप कुनै एक पशुको समस्या नभएर यो एउटै चरन, पानी, पँधेरो प्रयोग गर्ने, बथानको समस्या मानिन्छ । सामान्यतया वर्षातको मौसम पछि पशुको शरीरमा नाम्ले जुकाको प्रकोप बढेर जान्छ । यी जुका नाम्लेको संख्या गोबर जाँच गरी थाहा पाउन सकिन्छ । त्यही अनुसारको औषधि प्रयोग गरिनु पर्दछ । यदि कुनै नयाँ पशु किनेर ल्याइएको छ भने तिनलाई मुल बथानमा मिसाउनुभन्दा पहिले तिनलाई नाम्ले जुकाको औषधि खुवाउनु पर्दछ । यदि औषधि खुवाएको दश दिनपछि गोबर जााच गर्दा कुनै किसिमको नाम्ले जुका पाइएन भने मात्र तिनलाई मुल बथानमा मिसाउनु उचित हुन्छ ।

यस प्रकारले औषधिहरुको वैज्ञानिक दृष्टिकोण अनुसार प्रयोग गर्दा ती औषधिहरु लामो समयसम्म उपयोग गर्न सकिन्छ । यो कुरा थाहापाइराख्नु जरुरी पनि छ कि नाम्ले जुकाजस्ता परजीवी मार्न प्रयोग हुने औषधि आविष्कार गर्न विस पच्चिस वर्ष लाग्दछ तर तीनको अन्धाधुन्द प्रयोग गर्नाले नाम्ले जुकाले औषधिलाई पचाउने शक्ति विकास पाचदेखि आठ वर्ष भित्रै गरी औषधिलाई प्रभावहीन बनाउँदछन् ।

Himal dental
सम्बन्धित
Loading...