ghar sansar

हरिहर स्नान घाटमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव सुरु

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १२ स्थीत भाईरल रोड संगै रहेको प्रचिन शिद्धनाथ–बैजनाथ नजिकै हरिहर स्नान घाटमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव सुरु भएको छ ।

भीमदत्त नगरपालिका १२ मा निर्माण सम्पन्न ४ लेनको पुल नजिक उत्तर तिरको महाकाली नदि किनारमा अवस्थित हरिहर स्नान घाटको नामले चर्चित स्थानमा गोदावरी धामका पिठाधीश महन्त सागरानन्द जि महाराजको प्रमुख आतिथ्यमा ध्वजारोहण तथा गंगाको पुजन र आरतीको साथ मेला सुरु भएको छ ।

,orning glory badhai

पौष २८ गते देखिनै विभिन्न धार्मिक तथा सास्कृतिक झाँकी प्रस्तुत गरिने छन भने माघ १ गते मकर संक्रान्ति का दिन महास्नान गरिने र फागुन १ गते सम्म कुम्भ संक्रान्तिका विच विभिन्न धार्मिक पर्वहरुमा सुदुर पश्चिमका मात्रै नभई देशका विभिन्न क्षेत्रवाट धार्मिक कार्यका लागी तिर्थालुहरु आउने गरेका छन ।

बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिका उपाध्यक्ष विष्टले हरिहर घाट क्षेत्रको धार्मिक पर्यटन विकासका लागि दुई वर्षदेखि प्रयास थालिएको बताउँदै मन्दिर सहित महाकाली तटीय क्षेत्रमा धार्मिक मेला सञ्चालन हुने र २०७८ सालमा जगत गुरुबाट सुरुवात गरिएको हरिहर घाटमा विशेष स्नान सहितका कार्यक्रम सञ्चालन गरिने बताएका छन ।

विशेष गरी माग १ गते लाग्ने उक्त उत्तरायणी मकर मेला २०७८ देखि हरिहर घाटमा स्नान गर्ने र पुजा अर्चना गर्ने झक्तजनहरुको घुइैचौ नै लाग्ने गरेको छ ।

मकर मेलामा पौष मसान्त राती नदिकिनारमा रहेका मठमन्दिर तथा धर्मसालाहरुमा भजन किर्तन गर्ने र विहानै नदिमा स्नान गरी विष्णु र शिव भगवानको पुजा अर्चना गर्ने गर्दछन ।

dirghayi clinic

मकर मेलामा विषेश गरी पछिल्ला समयमा भारतका विभिन्न तिर्थ स्थलमा जाने भक्तालुहरुले बाटोमा खेप्नुपर्ने सास्ती लाई मध्यनगजर गरी महाकाली नदिको धार्मिक महत्वका बारेमा जानकारी गराई आफ्नै देशका नदि र मठ मन्दिरहरुमा धार्मिक कार्य गर्न प्रेरीत गर्न कञ्चनपुरको भिमदत्त नगरमा हरिहर स्नान घाटको लागि नगरपालिका र जिल्ला बाटै यसलाई धार्मिक क्षेत्र घोषण गरिसकिएकाले यसको विकास र प्रचार प्रसारका लागी भिमदत्त नगरपालिकाले बर्षेनी बजेट छुट्याईने भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लोखक जोशीले बताइन् ।

एक महिना लामो समय लाग्ने मेलाका क्रममा माघ १ गते महास्नान, माघ ४ गते शुक्रबार षठ्तीला एकादशी, माघ ७ गते शनिबार आमावाश्य, माघ १२ गते विहिबार बसन्त –पञ्चमी, माघ २२ गते आईतबार माघ पूर्णिमा, माघस्नानपूर्ति, फागुन १ गते सोमबार कुम्भ स्नान फागुन संक्रान्ति, फागुन ६ गते शुक्रबार महाशिवरात्रि विशेष स्नान लगायत रहेको मेला आयोजक समितिका अध्यक्ष भुपेन्द्र रावलले बताए ।

उद्घाटनपछि विविध धार्मिक सांस्कृतिक कार्यक्रम सहित कार्यक्रम सञ्चालन गरिनेछ । ६३ दिनसम्म सञ्चालन हुने महोत्सवका विविध कार्यक्रम गरेर दिवस मनाइनेछ । मन्दिरका पुजारी तथम महोत्सवका पुजा व्यवस्थापन संयोजक सन्तराम पन्तले दर्शनार्थीका सबै धार्मिक कामकाज गरिने बताएका छन ।

स्थानीय युवा बुद्धिजीवी लोकराज पन्तले मानिसहरू केही धार्मिक कामकाजका लागि भारतको हरिद्वार जाने भएकाले उक्त क्षेत्रमै धार्मिक पर्यटन क्षेत्र बनेसँगै स्थानीयलाई सुविधा हुने र महाकालीको जल र श्यामा गंगाको को महोत्व यस क्षेत्रमा झल्कने पौराणिक मान्यता अनुरुप भारतिय तिर्थस्थल भन्दा अझै महोत्वको तिर्थस्थल हारिहर स्नान घाट भएको बताए ।

कञ्चनपुरको उत्तरी भेग ब्रह्मदेव क्षेत्रदेखि लिएर चारलेन पुल सम्मको क्षेत्रलाई सिद्धनाथ धाम क्षेत्रको रुपमा विकास गर्न यहाका बुद्धिजिवि, समाजीक अगुवा तथा विभिन्न धार्मीक संघ संस्थाका पदाधिकारी संग छलफल भईरहेको अवस्थामा महाकाली नदिको पवित्रता र पौराणिक ठुलो महत्व रहेकाले महाकाली तटीय क्षेत्रका मठ मन्दिरहरुका क्षेत्रलाई विषेश रुपमा धार्मिक क्षेत्र राज्यकै तर्फ वाट घोषणा गरिनुपर्ने र यस्ता खाले धार्मिक मेला– पर्वहरुलाई विशेष स्थान दिई जिल्ला भरिनै समन्यत्मक भुमिका निर्वाह गरिने जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गा दत्त बोहराले बताए ।

         

Himal dental
सम्बन्धित
Loading...