ghar sansar

बेलौरी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी लक्ष्मी मावि जबदियालाई

little buddha academy
khasi

माधब पौडेल
बेलौरी । बेलौरी नगरपालिकाले आयोजना भएको चौथो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि लक्ष्मी माध्यामिक बिधालय जबदियाले चुमेको छ।

सोमबार सम्पन्न प्रतियोगिताको उपाधि ११ स्वर्ण ४ रजत र १ कास्य प्राप्त गर्दै लक्ष्मी माध्यामिक बिधालय जबदिया प्रथम १० स्वर्ण ८ रजत र ६ कास्य पदक सहित शान्ति माध्यामिक विद्यालय शान्तिपुर द्वितीय, ७ स्वर्ण १० रजत र ५ कास्य पदक सहित महाकाली माध्यमिक विद्यालय विद्यानगर तृतीय स्थान प्राप्त गरेको छ ।

,orning glory badhai

dirghayi clinic

चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सभापति बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी ,प्रमुख अतिथि विधान सभा सदस्य एव सुदुर पश्चिम् प्रदेश सदस्य दिवान सिंह बिष्ट ,बिशिस्ट अतिथिमा बेलौरीका नगर उप प्रमुख जोगराम चौधरी,अतिथि जिल्ला खेलकुद समितिका कोषाध्यक्ष सुरेन्द्र शाही ,बेलौरी नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपाने,बेलौरी नगरपालिकाका नगर प्रबक्ता हर्कबहादुर भुल वडाध्यक्ष,समाजसेवी ,बुद्धिजीवी पार्टी प्रतिनिधि,सुरक्षाकर्मी सहभागी भएका छन् ।

कार्यक्रमका विशष्ठि अतिथि संविधान सभा सदस्य एव सुदुर पश्चिम् प्रदेश सदस्य दिवान सिंह बिष्टले प्रतियोगिता सभ्य र भव्य तरिकाले सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले खेल क्षेत्रमा राम्रो बजेट बिनियोजित गरेर समय समय विभिन्न कार्यक्रम गरिरहेको समेत बताए ।

कार्यक्रमको समापनमा बोल्दै सभापतिका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगर खेलकुद समिति लाई सौर्हद्पुर्ण बाताबरणमा सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलौरीका सामुदायिक तथा सस्थागत गरि २६ वटा विद्यालय सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...