ghar sansar

उप मेयरको निर्देशनपछि भीमदत्तको नगर प्रहरी एक्सनमा, फुटपाटका समान नियन्त्रणमा लिइयो

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको निर्देशनपछि नगर प्रहरीले बजार क्षेत्रबाट धमाधम फुटपाथ राखिएका समान नियन्त्रणमा लिएको छ । उप मेयर जोशीले केही दिन अघि प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली सहित नगर प्रहरीसित बैठक गरी नगर प्रहरीलाई कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएकी थिइन् ।

उप मेयरको सचिवालयले उप मेयर निर्देशन सहित बैठकका तस्बिर सार्वजनिक गरेको थियो । नगर प्रहरी परिचालन सम्बन्धि छलफल गर्न बसेको बैठकमा उनले नगर प्रहरीलाई कार्यालयबाट सेवा सुविधामा कमी नहुने विश्वास दिलाएकी थिइन् ।

,orning glory badhai

‘भीमदत्त नगरपालिका नगर उप प्रमुख आदरणीय श्री निलम लेखक जोशी ज्यु को अध्यक्षतामा नगर प्रहरी कर्मचारीहरु सङ्ग नगर प्रहरी कर्मचारी खटन पटन तथा व्यवस्थापन का बिषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा नगर उप प्रमुख लेखक ज्युले नगर प्रहरी कर्मचारीहरु लाई बजार व्यवस्थापन लगायत बिभिन्न बिषयमा कडा रुपमा प्रस्तुत भै आफ्नो कर्तव्य पालन गरि जिम्मेवारी बहन गर्न निर्देशन गर्नु भएको छ । कडा रुपमा आफ्नो डिउटी गर्नुस कार्यालय बाट दिने सेवा सुबिधामा कुनै पनि किसिमको कमि नगर्ने बताउनु भएको छ’ उप मेयर जोशीको सचिवालयको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

dirghayi clinic

भीमदत्तको नगर प्रहरी ठेला व्यवसायीमाथि दुव्र्यवहार गरिएको आरोपछि चौतर्फी विवाद तानिएको थियो । नगर प्रहरीले दुव्र्यवहार गरेको भन्दै एक ठेला व्यवसायीले नगरपालिका कार्यालय ठेला लगेर तरकारी फालि दिएका थिए । त्यसको धेरै दिनपछि उप मेयरले बैठक गरी नगर प्रहरीलाई कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएकी हुन् ।

नगर प्रहरीले सोमबारदेखि उप मेयर जोशीको निर्देशन अनुसार फुटपाथ खाली गराउन थालेको छ । फुटपाथमा राखिएका समान नियन्त्रणमा लिएर नगरपालिका कार्यालयमा राखिएको छ । नगरपालिका अनुसार फुटपाथमा राखिएका साइनबोर्ड, टेबुल, भ¥याङ सहितका सामान नियन्त्रणमा लिइएको छ ।

ेउप मेयर जोशीले व्यवसायीहरूले फुटपाथ कब्जा गरेको व्यापक जनगुनासो आएपछि पालिका एक्सनमा उत्रिएको बताइन् । ‘यात्रु हिँड्ने फुटपाथ पनि कब्जा गर्दा पैदल यात्रुलाई समस्या भयो,’ उपप्रमुख लेखकले भनिन्, ‘मापदण्डविपरीत बनाएका संरचना एवं सामान नियन्त्रणमा लिँदै कारबाही गरेका छौँ।’

नगरपालिकाले यस अघि फुटपाथ खाली गर्नका लागि पटक पटक सूचना सार्वजनिक गरेको उनको भनाई छ । एडिबी अनुदान सहयोगमा निर्माणाधिन सडक अन्र्तगत बजार क्षेत्रमा फुटपाट निर्माण गरिएका छन् । निर्माणाधिन केही सडकमा विभिन्न अवरोधले फुटपाथ बनाउन सकिएको छैन । फुटपाथ निर्माण अवरोधमा भने नगरपालिकाले चासो नभएको व्यवसायीहरु बताउँछन् ।

‘बजार स्वच्छ, सफा एवं सबैलाई सहज गराउने हाम्रो उद्देश्य हो,’ उनले भनिन्, ‘कसैलाई दुःख दिने भन्ने होइन।’

Himal dental
सम्बन्धित
Loading...