ghar sansar

पुनर्वासको २ नम्बर वडामा लागु औषध विरुद्ध महाअभियान, व्यवसायीलाई लागु औषध सम्बन्धि सचेतना

little buddha academy
khasi

अशोक सार्की सुन्याल
पुनर्वास । पुनर्वास नगरपालिका २ मोतीबस्तीस्थित सरस्वती माध्यमिक विद्यालयको सेवा क्षेत्रभित्र पर्ने पसलेहरुलाई “ लागु औषध सम्बन्धि महाअभियान २०८० “ अन्तर्गत सचेतनामुलक कार्यक्रम गरी सचेत गराइएको छ ।

कार्यक्रममा प्रहरी सहायक निरीक्षकले नियमानुसार विद्यालय क्षेत्रभन्दा कम्तीमा पाँच सय मिटरको सेरोफेरोमा कुनै पनि सुर्तीजन्य बस्तु लगायत लागू औषध बिक्री वितरण गर्न नपाइने भएता पनि पछिल्लो समय भने पसलहरुमा कारोबार हुने भएकाले बिक्रेताहरुलाई लागू औषध बिक्रीवितरण सम्बन्धि नियम बारे अभिमुखिकरण गरिएको बताए ।

,orning glory badhai

पहिलोपटकका लागि व्यापारीलाई सचेत गराएको छ । पुनः यस्ता कार्य दोहोरिन गएको खण्डमा कानुन सम्बद्ध कारवाही गरिने चेतावनी समेत दिएका छन् ।

dirghayi clinic

असल समाज निर्माण गर्न हाम्रो साझा दायित्व रहेको बताउदै असइ ठकुरीले विद्यार्थीहरु लाई लागु औषधको प्रभाव र कुलतबाट बचाउन प्रति हामी सबै प्रतिबद्ध रहन जरुरी रहेको बताए ।

विद्यालय क्षेत्र वरिपरिका व्यापारीजनहरु लाई लागू औषध बिक्रीवितरण गर्दा त्यसको अप्रत्यक्ष असार बालबालिकामा पर्ने भएकोले नियन्त्रण तथा सचेतना गर्न अनिवार्य रहेको बताए ।

कार्यक्रमका अध्यक्ष समेत सहनुभएका विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले विद्यालयको समग्र विकासमा वडाबासीको महत्त्वपूर्ण भूमिका हुने भएकाले यस्तो कार्य प्रतिको बुझाई सकारात्मक राख्नुपर्ने बताएका छन् ।

यसैगरी पुर्व पिटिए सदस्य समेत समेत रहेका स्थानयीय व्यवसायी रमेश चन्दले प्रहरीको यस्तो समाजिक कार्यले गौरव महसुस भएको भन्दै निडर भएर अघि बढ्न आग्रह गरेका छन् ।

कार्यक्रममा २ न वडाका वडा अध्यक्ष डम्बरबहादुर थापा , विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेल ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन सुनार , सदस्य राजेन्द्र साउँद लगायत समाजसेवी ,बुद्धिजीवी ,पत्रकार , बिद्यार्थी शिक्षकहरुको सहभागिता रहेको थियो ।

Himal dental
सम्बन्धित
Loading...