ghar sansar

सवारी दुर्घटना

little buddha academy
khasi

तीन वर्षमा सवारी दुर्घटनामा परेर सुदूरपश्चिममा पाँच सय ६० जनाको मृत्यु भएको छ । प्रदेशभित्र गत वर्ष मात्र सवारी दुर्घटनामा परेर एक सय ७७ जनाले ज्यान गुमाएका हुन् । आर्थिक वर्ष २०७९÷८० मा सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी दुई सय ५२ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर दुई सय १३ जना गम्भिर घाइते भएको राष्ट्रिय मानव अधिकारी आयोगको प्रतिवेदनले देखाएको छ । तीन सय २० सवारीसाधन दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको छ ।

dirghayi clinic

सवारी दुर्घटनामा परेर दुई सय ७६ जना सामान्य घाइते भएको प्रतिवेदनमा उल्लेख छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभाग अभिलेख तथा विश्लेषण शाखाका अनुसार सुदूरपश्चिममा पछिल्लो समय सवारी दुर्घटना, दुर्घटनामा परेर ज्यान गुमाउने र गम्भिर घाइते हुने अवस्था डरलाग्दो रुपमा बढेको जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा सवारी दुर्घटनमा परेर एक सय ८७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा ज्यान गुमाउनेको संख्या बढेर एक सय ९६ पुगेको हो । २०७७ मा एक सय ८७, २०७८ मा एक सय ९६ र २०७९ मा एक सय ७७ गरी ५६० जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । हरेक वर्ष हुने दुर्घटना संख्या, त्यसबाट हुने मानवीय र भौतिक क्षति मूल्यांकन गरेर योजना बनाउने पद्धती हामी कहा छैन ।

,orning glory badhai

दुर्घटनाबाट हुने सबभन्दा ठूलो क्षति मानवीय क्षति हो । आफन्त गुमाउनुपर्दा पारिवारका अन्य सदस्य र आश्रितहरूले सहनुपर्ने पीडा अकल्पनीय हुन्छ । नेपालमा अव्यवस्थित सडक र ट्राफिक व्यवस्थापनको अभावमा सवारी दुर्घटना हुने गरेको पाइन्छ । मुलुकका सबै सडकहरुमा ट्राफिक हुदैन । ट्राफिक नभएको ठाउहरुमा क्षमता भन्दा बढी सामान र सवारी हाल्ने गरिन्छ । सडक सुरक्षा सम्बन्धी ऐन, नियमावली र मापदण्ड बनाइन्छ तर ती कागजमै सीमित हुने गर्दछन् ।

स्थानीय तथा प्रदेश सरकारहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भीर नदेखिनु नै सवारी दुर्घटना बढनु हो । सडक दुर्घटना हुने प्रमुख कारणहरुमा सडकको अवस्था, सवारी साधनको अवस्था र सवारी चालकको अवस्थालाई लिइने गरिन्छ । अन्य कारणहरुमा बाटो काट्ने बटुवा, जनावरहरु र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ । सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी चलाउने आदि कारणले चालकको ध्यान साधनमा नभई अन्यत्र हुने हुँदा सडक दुर्घटना बढ्ने गरेको पाइएको छ । यात्रु बोक्ने साधनमा सामान बोक्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने काम बन्द भएमा दुर्घटना कम गर्न सकिन्छ ।

Himal dental
सम्बन्धित
Loading...