ghar sansar

खुला मञ्चमा भोलि तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन, देशकै उत्कृष्ठ प्रतियोगिता हुने अपेक्षा

little buddha academy
khasi

महेन्द्रनगर । खुला मञ्चमा आइतबारदेखि सुरु हुने तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई देशलाई उत्कृष्ठ बनाउने गरी तयारी भएको दावी गरिएको छ ।

सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको व्यस्थापनमा प्रतियोगिता गर्न लागेको हो । तीन विभागीय सहित देशभरका १० टीम प्रतियोगितामा सहभागी हुने भएका छन् । ती सबै टीम शनिबार महेन्द्रनगर पुगेका छन् ।

,orning glory badhai

‘२०६९ देखि भलिबलको कुनै ठूलो प्रतियोगिता भएको छैन, त्यसपछि अहिले यो प्रतियोगिता हुन लागेको छ’ शनिबार प्रतियोगिता तयारी सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भलिबका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्टले भने,‘यो प्रतियोगिता नेपाल अधिराज्यकै उत्कृष्ठ प्रतियोगिता हुन्छ ।’

सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्ले महेन्द्रनगरमा प्रतियोगिता तयारी सुरु गरेपछि प्रशिक्षक भट्ट सक्रिय रुपमा लागेका छन् । मुख्यमन्त्री कपलाई महेन्द्रनगरमा आयोजनाका लागि प्रशिक्षक भट्टले परिषद्ले पटक पटक आग्रह गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले निर्मला पन्त हत्या प्रकरण, विभिन्न आन्दोलनका कारण कञ्चनपुरको छवि देशभर राम्रो नभएको भन्दै प्रतियोगिताले त्यसलाई चिर्ने विश्वास व्यक्त गरे ।

‘यो प्रतियोगिताबाट भलिबल खेलको विकासमा योगदान त पुग्छ नै, त्यस बाहेक निर्मला पन्त हत्या प्रकरण, त्यसपछिका आन्दोलनका कारण जिल्लाको नाम राम्रो रुपमा लिन गरिएको छैन’ उनले भने,‘देशभरका खेलाडी आउँदा यसले पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’

खेलकूद परिषद्का सदस्य सचिव दिपक बहादुर सिह सहित भलिबल संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरक सिह धामी, कञ्चनपुर भलिबल संघका अध्यक्ष श्याम सिह मौनी लगायत पत्रकार सम्मेनलमा सहभागी भएका छन् ।

dirghayi clinic

खेलकूद परिषद्का सदस्य सचिव सिहले प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउने गरी तयारी गरिएको बताए । ‘हामीलाई तपाईहरु एक÷एक कुराको च्यालेन्ज गर्न सकिन्छ’ उनले भने, मैले पनि प्रदेश हाँक्नु छ, प्रदेशको नेता बन्नु पर्छ, त्यसैले प्रतियोगिताको नाममा केही नराम्रो गर्न छैन ।’

परिषद्ले यस अघिका दुई प्रतियोगितामा धनगढीमा गरेको थियो । यस पटक पनि पानी परेर प्रतियोगिता सञ्चालनमा समस्या हुन सक्ने भन्दै केहीले आफूलाई धनगढीमा गर्न आग्रह गरेको सदस्य सचिव सिंहले खुलाए ।

‘पानी परेपछि समस्या हुन्छ, इन्डोर गरौ भनेर पनि केही भन्यो’ उनले भने,‘तर पनि यहाँ गरेका छौ,पानी परेर खेल नहुँदा अझै खर्च बढ्छ, दिनको १० लाख बढ्छ ।’

सदस्य सचिव सिहले गत वर्ष धनगढीमा ५० लाखमा प्रतियोगिता आयोजना गरिएको बताए । ‘धनगढी भन्दा बढी खर्च भएको छ, टीममा खेलाडी पनि बढेका छन्, प्राइज रकम पनि बढाइएको छ’ उनले भने ।

परराष्ट्र मन्त्री एनपी साउँदले आइतबार दिउँसो १ बजे प्रतियोगिता उद्घाटन गर्ने छन् । पत्रकार सम्मेलनमा भलिबल संघका वरिष्ठ उपाध्यक्ष धामीले कञ्चनपुर भलिबल खृलाडीको उर्वर भूमि भएकाले राष्ट्रिय स्तरको प्रतियोगिताले भलिबल खेलको विकास र प्रवद्र्धमा सहयोग पुग्ने बताए ।

संघका वरिष्ठ उपाध्यक्ष धामी र राष्ट्रिय प्रशिक्षक भट्टको पहलमा २०५८ मा कबर्ड हलमा भलिबल प्रशिक्षण केन्द्र स्थापना गरिएको थियो ।

कञ्चनपुर भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले प्रतियोगिता आयोजनाका लागि सबै क्षेत्रको साथ र सहयोग पाएको उल्लेख गर्दै प्रतियोगितालाई सभ्य र भव्य बानउने गरी तयारी गरिएको बताए ।

आइतबारदेखि शनिबारसम्म एक लाखसम्म प्रतियोगिता सञ्चालन हुुनेछ । प्रतियोगितामा २४ खेल हुने छन् । त्यसमध्ये माघ १९ र २० गते दुई÷दुई खेल राखिएका छन् ।

माघ २० गते औपचारिक कार्यक्रम गरी प्रतियोगिता समापन हुनेछ । समापन कार्यक्रममा संघ र प्रदेशका सबै साँसद सहभागी हुने छन् ।

Himal dental
सम्बन्धित
Loading...