ghar sansar

अर्को वर्ष कबर्ड हलभित्र मुख्यमन्त्री भलिबल कप खेलाउने सामाजिक विकास मन्त्री साउँदको घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले आगामी वर्ष कबर्ड हलभित्र मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने घोषणा गरेका छन् ।

सुदूरपश्चिम खेलकूद परिषद्का अध्यक्ष समेत रहेका मन्त्री साउँदले आइतबार खुला मञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता उद्घाटन समारोहमा कबर्ड हलभित्र प्रतियोगिता गर्ने घोषणा गरेका हुन् ।

,orning glory badhai

सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको सहकार्य र व्यवस्थापनमा आइतबारदेखि खुला मञ्चमा प्रतियोगिता गरेको छ । प्रतियोगितामा विशिष्ठ अतिथिका रुपमा सहभागी मन्त्री साउँदले कबर्ड हलमा १३ करोड लगानीमा बहुउद्देश्यीय कबर्ड हmल निर्माण भई रहेको र त्यसमा प्रतियोगिता गर्ने बताएका हुन् ।

‘म जानकारी गराउन चाहन्छु, कबर्ड हलमा १३ करोड लगानीमा कबर्ड हल निर्माण भई रहेको छ । आधा भन्दा बढी निर्माण भइ सकेको छ’ उद्घाटन समारोहमा उनले भने,‘अर्को वर्ष कबर्ड हलभित्र प्रतियोगिता आयोजना गर्छौ ।’

dirghayi clinic

यस अघिका दुई संस्करण लगातार कैलालीको धनगढीमा आयोजना गरिएका थिए । ती दुई प्रतियोगितामध्ये गत वर्ष कबर्ड हलभित्र आयोजना गरिएको थियो ।

उद्घाटन समारोहमा मन्त्री साउँदले मन्तव्य राख्न अघि कोशी खेलकूद परिषदका सदस्य सचिव हंशराज बाग्लेले कार्यक्रमका प्रमुख अतिथि परराष्ट्र मन्त्री एनपी साउँद र सामाजिक विकास मन्त्री साउँदलाई कबर्ड हलभित्र प्रतियोगिता आयोजनाका लागि पहलकदमी लिन आग्रह गरेका थिए ।

उनले दुबै मन्त्रीको नाम लिएर भलिबललाई कबर्डभित्र गराउनुका लागि पूर्वाधार निर्माण लगायतका कार्य पहल गर्न आग्रह गरे ।

‘एनपी दाई र मन्त्रीज्यूले अर्को वर्ष चाहिँ कबर्ड हलभित्र खेल खेल्ने वातावरण बनाउनु हुनेछ’ बाग्लेले भने,‘यो भलिबल विश्वमा कही पनि यसरी खुला ठाउँमा खेलिदैन, कबर्ड हलमा खेलाउनु पर्छ ।’

कोशी खेलकूद परिषद्का सदस्य सचिव वाग्लेले प्रतियोगितामा दर्शकहरुको सहभागिताल भलिबल खेलप्रतिको क्रेज देखिएको उल्लेख गर्दै अहिले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट दुबै कञ्चनपुरका भएकाले सुदूरपश्चिमका लागिथ स्वर्णिय युग भएको बताए ।

उनले सुदूरपश्चिमबाट भलिबलका पूराना खेलाडी धन सिह रावल, जनक विष्ट, दौलत पुजारा, मोहन थापा, जगदीश प्रसाद भट्ट लगायतका खेलाडीलाई सम्झिए ।

Himal dental
सम्बन्धित
Loading...