ghar sansar

कञ्चनपुर जिल्ला भलिबल संघले पत्रकार सम्मेलन गरी मुख्यमन्त्री भलिबल कपको खर्च सार्वजनिक गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर जिल्ला भलिबल संघले तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको खर्च पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ ।

संघले आइतबार प्रतियोगिताम सञ्चानलमा सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञा तथा आभार व्यक्त गर्दै आय व्यय विवरण छिटो सार्वजनिक गर्ने प्रतिवद्धता गरेको हो ।

,orning glory badhai

सुदूरपश्चिम प्रदेश खेलकूद परिषदले कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा माघ १४ गते आयोजना गरेको प्रतियोगिता शनिबार सकिएको थियो ।

dirghayi clinic

प्रतियोगिता सकिएपछि संघका अध्यक्ष श्याम सिह मौनी र महासचिव उत्तम विष्टले आइतबार सहयोगी सबैमा कृतज्ञता तथा आभार व्यक्त गरेका छन् । संघले प्रतियोगिता सञ्चालनका क्रममा भएका कमी कमजोरीका लागि क्षमा याचना गरेका छन् ।

‘प्रतियोगिताका क्रममा भएका कमीकजोरीप्रति क्षमाप्रार्थी छौ । आगामी दिनहरुमा व्यवस्थापकीय कमी कमजोरीहरु सुधार गर्ने प्रतिवद्धता सहित यहाँहरुले देखाउनु भएको सदाशयता, आर्शिवाद, शुभ कामना एबम् शुभेच्छाप्रति आभार प्रटक गर्दछौं’ हार्दिक आभार तथा कृतज्ञता पत्रमा भनिएको छ,‘खेलकूद प्रतियोगिताको क्रममा भएको आय व्यय विवरण हामी पत्रकार सम्मेलन मार्फत चाँडै सार्वजनिक गर्ने कुरामा प्रतिवद्धता समेत व्यक्त गर्दछौ ।’

सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्ले पहिलो महेन्द्रनगरमा गरेको प्रतियोगितामा तीन विभागीय सहित १० टीम सहभागी भएका थिए । सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगिताको च्याम्पियन भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...