

महेन्द्रनगर । पुनर्वासमा चौथो नगर स्तरीय एबम् ११ औं पुनर्वास प्याब्सन फेस्टिबल सुरु भएको छ । निजी तथा आवाशीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) पुनर्वास नगर समितिले आयोजना गरेको फेस्टिबलमा प्याब्सन आवद्ध पुनर्वास क्षेत्रका विद्यालय सहभागी भएका छन् ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रराज ओझाले बुधबार फेस्टिबल उद्घाटन गरे । उनले खेल महोत्सवबाट विद्यार्थीको आन्तरिक प्रतिभा उजागार हुने र आपशी सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरे ।


प्याब्सन केन्द्रीय उपाध्यक्ष ओझाको प्रमुख आतिथ्यमा गरिएको उद्घाटन समारोहमा प्याब्सन सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द र प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट विशिष्ठ अतिथि थिए ।
प्याब्सन पुनर्वास नगर समितिका अध्यक्ष बालकृष्ण ढकालको अध्यक्षतामा गरिएको कार्यक्रममा प्याब्सन कञ्चनपुरका कोषाध्यक्ष केशब राज जोशी लगायतका नगर समितिका पदाधिकारी, सदस्य सहभागी भए । प्याब्सन पुर्नवास नगर सचिव पुष्प राज ओझाले कार्यक्रम सञ्चालन गरेका थिए ।
फेस्टिबल माघ २७ गतेसम्म सञ्चालन हुनेछ । प्याब्सन कञ्चनपुरले यस अघि पुस दोस्रो साता कबर्ड हलमा प्याब्सन फेस्टिबल आयोजना गरेको थियो ।

