

महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको छ ।
शिक्षालयका अध्यक्ष एबम् भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा गरिएको कार्यक्रममा एमाले नेतृ पूर्व साँसद निरुदेबी पाल विशिष्ठ अतिथि थिइन् । कार्यक्रममा शिक्षालय स्थापनाका लागि सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गरिएको छ ।


कार्यक्रममा साँसख लेखकले शिक्षालयको विकास र विस्तारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘अहिले शिक्षालयमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसी अध्यापन भइरहेको र अनुमती पाएका छौँ’ उनले भने ‘ अब तत्कालै डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक पनि सञ्चालन गरिनेछ म यो प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’ उनले अगाडीले भने ‘शिक्षालयको भवनको काममा पनि अगाडी बढिनेछ भवन निर्माणको काम पनि गरिनेछ ।’
कार्यक्रममा पूर्व साँसद पालले आफु प्रतिनिधि सभा सदस्य हुदाँ शिक्षालयको स्थापनाका लागि आफुले आफ्नो कर्तव्य राम्रोसंग निर्वाह गरेको भन्दैँ यसको विकासका लागि सधै लागिरहने बताइन् ।

कार्यक्रममा पूर्व साँसद डा. दिपक प्रकाश भट्ट सहित सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु प्रकाश रावल, बेल बहादुर राना, मधुदेबी भारती, पूर्व राज्यमन्त्री मान बहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सचिव भीमराज भट्ट, एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्द, माओवादी केन्द्रका पंकज रावल, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, सिटिइभिटी धनगढीका पूर्व निर्देशक डा. कुसुमाकर भट्ट, भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदम अवस्थी लगायतले शुभ कामना मन्तव्य राखे ।


कार्यक्रममा शिक्षालयका निर्देशन परमल सिह साउँदले वार्षिक प्रगति प्रतिवेदन पेश गरे । भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा शिक्षालय सञ्चालन भएको हो ।
कार्यक्रममा भीमदत्तका मेयर बोगटीले शिक्षालयको थप विकासका लागि आफु प्रयासरत रहेको बताए । ‘आफु निर्वाचित भएर आउँदा शिक्षालय बैजनाथ माविको भवनमा रहेको थियो ।

विद्यार्थीहरुको पठनपाठनमा थप सहज होस् भन्ने उद्देश्यले आइसिएच का पदाधिकारीसंग छलफल गरेर आइसिएचको यो भवनमा सञ्चालन गरिएको हो’ उनले भने ‘शिक्षालयको भवन निर्माण, छात्रावास, स्कुल बसका लागि हामी प्रायास गरिरहेका छौँ । यसका लागि संघ सरकार र प्रदेश सरकारसंग आग्रह गरेर भएपनि यो काम गरिनेछ ।’
उनले अहिले अप्थल्मिकको समेत अध्ययन भइरहेको छ र अब प्रमाणपत्र तह नर्सिङ, डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक विषयको समेत अध्यापन गर्ने गरि काम र सम्बन्धित निकायमा पहल भइरहेको बताए ।

शिक्षालयका प्रशिक्षकद्वय चुडामणी शर्मा र धर्मानन्द भट्टले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।
