ghar sansar

पत्रकार सम्मेलनबाट किन बाहिरिइन् एमाले केन्द्रीय सदस्य बोहरा

little buddha academy
khasi

महेन्द्रनगर । एमाले पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन सुरु भएपछि केन्द्रीय सदस्य कमला बोहरा बाहिरिएकी छन् । एमाले कञ्चनपुरको चैत १ र २ गते हुने नवौ जिल्ला अधिवेशन सम्बन्धि जानकारी दिन पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरिएको हो । पार्टी कार्यालयको सभा कक्षमा पत्रकार सम्मेलन सुरु भएपछि केन्द्रीय सदस्य बोहरा सभा कक्षबाट बाहिर निस्किएकी हुन् ।

पत्रकार सम्मेलन अघि सभा कक्षमा भएको जिल्ला सचिवालय बैठकमा बोहरा सहभागी थिइन् । जिल्ला सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको थियो ।

,orning glory badhai

पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज नारदमुनि राना, केन्द्रीय सदस्य नर बहादुर धामी, कार्य वाहक जिल्ला अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, उप सचिव कर्ण बहादुर चन्द लगायतका नेता सहभागी भए ।

dirghayi clinic

केन्दंीय सदस्य बोहरा भने पत्रकार सम्मेलन सुरु भएको केही समयमै बाहिर आएकी हुन् । एमाले नेताहरुले केन्द्रीय सदस्य बोहरालाई पत्रकारहरुले कञ्चनपुर इन्चार्ज रानालाई खुट्टा भाँच्ने दिएको धम्की सम्बन्धि प्रश्न उठाउन सक्ने भएकाले उनी बाहिरिएको आशंका गरेका छन् ।

केही महिना अघि बोहराले एमाले महासचिव शंकर पोखरेलको कार्यकक्षमा कञ्चनपुर इन्चार्ज रानालाई हात खुट्टा भाँच्ने धम्की दिएको समाचार बाहिर आएका थिए ।

शुक्रबार पत्रकार सम्मेलनमा कञ्चनपुर इन्चार्ज रानालाई केन्द्रीय सदस्य बोहराले दिएको हात खुट्टा भाँच्ने धम्की सम्बन्धि पत्रकारले सोधेका छन् । कञ्चनपुर इन्चार्ज रानाले बोहराले धम्की नदिएको र पार्टीलाई कमजोर बनाउने गैर एमालेले पार्टीमा फुट ल्याउन हल्ला फैलाएको जवाफ दिए ।

एमालेको नवौ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी बोहरा एमालेको सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागको प्रमुख पनि हुन ।

एमाले नवौ जिल्ला अधिवेशनका लागि जिल्लामा उपलब्ध माथिल्ला कमिटीका सबै नेतालाई सहभागी गराएर जिल्ला सचिवालय बैठक बसेको हो ।

Himal dental
सम्बन्धित
Loading...