ghar sansar

बैजनाथका विद्यार्थीहरुलाई काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले भने– तारिफ पाउने नेता बन्नु होस

little buddha academy
khasi

महेन्द्रनगर । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विद्यार्थीहरुलाई तारिफ पाउने नेता बन्न सुझाव दिएका छन् ।

बैजनाथ माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि लेखकले ेअचेल नेताहरुले अचेल गाली मात्रै पाउने भएकाले तारिफ पाउने नेता बन्न सुझाएका हुन् ।

,orning glory badhai
dirghayi clinic

‘यो विद्यालयमा पढेका विद्यार्थी इन्जिनियर, डाक्टर, खेलाडी, आर्मी पुलिस भएका छन्, तपाईहरु नि देशका लागि योग्य नागरिक बन्नु पर्छ’ उनले भने,‘तपाईहरुमध्येबाट नेता पनि बन्ने हो, तर अचेल नेता भनेपछि गाली मात्रै खाने हुन्छ, तपाईहरु तारिफ पाउने नेता बन्नु होला ।’

कार्यक्रममा लेखकले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्यतराज कलौनीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, हिरासिह सार्की, राष्ट्रिय सभाका पूर्व सदस्य तारादेबी भट्ट, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...