ghar sansar

कञ्चनपुर केही वर्षमै सबैभन्दा बढी समृद्ध जिल्ला हुन्छ– पूर्व मन्त्री रावल

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभा सदस्य एबम् पूर्व मन्त्री प्रकाश रावलले कञ्चनपुुर केही वर्षमै सबैभन्दा बढी समृद्ध हुने बताएका छन् । उनले कञ्चनपुरमा निर्माणाधिन विभिन्न योजनाले आर्थिक समृद्धिको बाटोमा जाने बताए ।

‘अहिले कञ्चनपुरमा यी विभिन्न विकास निर्माणका योजना अघि बढेका छन्, यी सबै योजना बनेपछि कञ्चनपुर सबैभन्दा बढी समृद्ध प्रदेश बन्नेछ’ भाँसीस्थित मोडर्न महाकाली मोडर्न पब्लिक सेकेन्ड्री स्कुलको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले भने,‘यी योजनाले आर्थिक समृद्धिको आधार खोल्ने निश्चित छ ।’

,orning glory badhai

दोधारा चाँदनीको सुख्खा बन्दरगाह, महाकाली कोरिडोर, मझगाउँ विमानस्थल सञ्चालन, छेला औद्योगिक क्षेत्र र चार लेनको महाकाली पुल, स्वास्थ्य विज्ञान विशवविद्यालय लगायतका योजनाले कञ्चनपुरको विकासमा योगदान दिने रावलको भनाई थियो ।

dirghayi clinic

महाकाली नदीको चार लेन पुल र महाकाली कोरिडोरले कञ्चनपुर त्रिदेशीय नाकाका रुपमा विकास हुन लागेको उल्लेख गर्दै उनले मझगाउँ विमानस्थल निर्माण कार्य सहज रुपमा अघि बढ्ने उल्लेख गरे ।

कार्यक्रममा उनले कबर्ड हलमा सुदूरपश्चिम प्रदेश सरकारले देशभरमै सबैभन्दा ठूलो कबर्ड हलमा बनाउन थालेको उल्लेख गर्दै खेलकूद क्षेत्रका ठूलो प्रगति गर्न सकिने बताए ।

सुदूरपश्चिम सरकारको आर्थिक मामिला मन्त्री हुँदा उनले २६ करोड बजेट विनियोजन गरेका थिए । सुुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले केही महिना अघि कबर्ड हल शिलान्यास गरेका थिए ।

‘नेपालको सबैभन्दा ठूलो कबर्ड हल बन्दैछन्, एक सय ४० मिटर लामो छ, ३० मिटर चौडा छ’ उनले भने,‘अब इन्डोर गेमहरु खेलाउन सकिन्छ, यसले खेलकूदको विकास हुन्छ ।’

कार्यक्रममा उनले संस्थागत विद्यालयहरुलाई प्राविधिक शिक्षा सञ्चालन गर्न पर्ने आवश्यकता देखिएको बताए

Himal dental
सम्बन्धित
Loading...