ghar sansar

डरलाग्दो अवस्था

little buddha academy
khasi

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी पुनर्वास नगरपालिका–११ रामजानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३८ वर्षीय जियालाल राना र २५ वर्षीय राम बहादुर राना रहेका छन् । त्यस्तै प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलील कैलाली, धनगढी उ.म.न.पा.३भन्सारबाट ४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शिवनगर बस्ने बर्ष २२ को भरत राज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एकै दिनमा देशका विभिन्न ठाहरुबाट अवैध लागूऔषध सहित १५ जना पक्राउ गरेको छ ।

dirghayi clinic

यसले मुलुकको कुनै पनि ठाउ लागुऔषध दुव्र्यसनीबाट मुक्त छैन भन्ने देखाएको छ र यो डरलाग्दो अवस्था हो । विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । यसको प्रयोग बढ्नाले सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शान्ति सुरक्षामासमेत नकारात्मक प्रभाव परेको छ । सरकारी तथ्याङ्क अनुसार एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको संख्या रहेको र त्यसमध्ये सात प्रतिशत महिला छन् । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार देशभर चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा लागूऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न ३ हजार ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

,orning glory badhai

पक्राउ परेकामध्ये २ हजार ७५८ जना नेपाली पुरुष, एक सय ४४ जना नेपाली महिला, एक सय ३३ जना विदेशी पुरूष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये १ हजार ९६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधि जस्ता लागूऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका छन् । यसले लागूऔषध सेवनले सेवनकर्तालाई मात्र नभएर परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको छ । अहिले सामान्यतया ७ कक्षादेखि १० कक्षामा पढ्दा देखिनै चुरोट गाजा रक्सीको लत लागिसकेको हुन्छ, तरअभिभावकलाई थाहा हुदैन । सानै उमेरबाट नै छोराछोरीलाई विभिन्न जनचेतनामुलक शिक्षाका कार्यक्रममा सहभागी गराउनुपर्छ ।

जसले गर्दा सानैदेखि मैले यो खानु हुदैन भन्ने भावना उनीहरुमा आओस र कुलतमा फस्नबाट जोगाउन सकियोस । लागूऔषधको प्रकोपबाट धेरै युवा कुलतमा फसेर आप्mनो ऊर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यसको विरुद्ध सबै एकजुट हुन आवश्यक छ । त्यसैले परिवारका सदस्य पनि आप्mना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ । सरकारी तथा गैर सरकारी संघ संस्था, सरोकारवाला निकाय र आम नागरिक मिलेर सक्रिय हुँदै लागुऔषध दुव्र्यसनी नियन्त्रण र न्यूनिकरण गर्न समर्पित हुन सकेमा मात्र यस्तो अपराध नियन्त्रणमा थप सफलता मिल्नेछ ।

Himal dental
सम्बन्धित
Loading...