

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कृष्णदेब जोशीमाथि आक्रमण भएको छ । नगर कार्य पालिकाका बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि कुर्सी प्रहार गरी आक्रमण गरिएको
हो । आक्रमणबाट जोशीको टाउकोमा चोट लागेको छ ।
माओवादी केन्द्रका कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत कुर्सी प्रहार गरी आक्रमण गरेका हुन् । कार्यपालिकामा माओवादी केन्द्रका बहुमत सदस्य छन् ।

आक्रमणबाट घाइते जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीन टाँका लगाइएको छन।
बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो ।
कार्यपालिका सदस्यहरूले बैठकमा विरोध गर्दै कुर्सी हानाहान भएको हो । माओवादी केन्द्रका कार्यपालिका सदस्यहरू धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए ।
बिहीबार बैठकमा पनि उनीहरूले सोही माग गर्न थालेपछि प्रमुख प्रकाशकीय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरूले गर्न नसक्ने बताएका थिए । त्यसपछि उनीहरुले सभा कक्षमा कुर्सी तोडफोड गर्दै अधिकृतमाथि आक्रमण गरेका हुन् ।
