ghar sansar

सिद्धनाथ मावि बडैपुरका शिक्षक महताको विदाई

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयका भक्त बहादुर महताको विदाई गरिएको छ । विद्यालयका प्रा.वि.तहका शिक्षक महताको अनिवार्य अवकाश भएपछि उनलाई विद्यालयमा कार्यक्रम गरी विदाई गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष राम बहादुर बोहरा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश दत्त भट्ट, भीनपा १३ का वडा सदस्यहरु हरिश साउद, बाला देवी नाथ,फुल पहरी परी, विद्यालयका पूर्व अध्यक्षहरु राम बहादुर महता, दुर्गादत्त भट्ट, विद्यालयका प्रधानाध्यापक जय बहादुर बिष्ट लगायतका सहभागी भएका छन् ।

ratnam

dirghayi clinic

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टले शिक्षक महताले विद्यलयको शैक्षिक,प्रशासनिक र भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा योगदान गरेको उल्लेख गरे ।

कार्यक्रममा शिक्षक महतालाई टिका, माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

भीनपा १३ का वडा अध्यक्ष बोहराले शिक्षक महताले शिक्षण पेशाबाट अवकाश लिए पनि बाँकी जीवन सामाजिक सेवामा समर्पित गरी अघि बढ्नु पर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक विष्टले विद्यालयको प्रगतिमा महताले पुगाएको योगदानलाई विद्यालयले सधै स्मरण गर्दै उल्लेख गर्दै उनी कर्तव्यनिष्ठ,अनुभवी र इमान्दार शिक्षक भएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...